राैतहट ।गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई वालवालिकाले बनाएको कुटको घर मन परेको छ । जेजेवाईसिको सयोजन तथा प्राथमिक विधालय सवगढाको आयोजनामा प्रदर्शनी गरिएको थियो । सहयात्रा एकटिभ परियोजना शैक्षिक प्रदर्शनी मेलाको गाैर नगरप्रमुख साहले एक कार्यक्रम बीच विहिवार उदघाटन गरे । गाैर नगरपालिका वडा नम्बर ६ स्थित प्राथमिक विधालयमा भएको शैक्षिक मेला तथा प्रदर्शनीमा वालवालिकाले निर्माण गरिएका सामग्रीहरु राखिएका थिए । सो पाचत्तले घर मलाई मन परेको बताउदै एक तल्लामा भर्याङ्ग मात्र बनाएकोले घर सबै तल्लामा भर्याङ्ग राख्न सुझाव दिएका थिए ।। वालवालिकाले बनाएका सामग्री प्रसंसनिय रहेको नगर प्रमुख साहले आफना मन्तव्यमा बताए ।
वालवालिकालाई पठन पाठनको आलावा अतिरिक्त कृयाकलापमा सहभागी भएको देख्दा खुशी लागेको बताए । साे विधालयका बाल वालिकाले वनाएका कागजका पाचत्तले भवन , रकेट , पम्पिङ्ग सेट, फैन , कमप्युटर , झुमर र विभिन्न सिलाई बुनाईका समान निकै आकर्षक देखिएको गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए । साे अवसरमा वडा अध्यक्ष अवध विहारी साह, शिक्षा संयोजक उतम भट्टाराई .जेजेवाईसि बाराका उपाध्यक्ष राजदेव साह, समाजसेवी नन्दलाल बैठा,अनवर आलम ,हरिनारायण सहनी लगायतका उपस्थिति रहयो । जेजेवाईसी बाराले सो परियोजना अन्तरगत विभित्र विधालयमा गरेकाे रंगरोगन लगाएतका कामको सो अवसरमा अनुगमन समेत गरिएकाे थियाे ।