विकास हेर्न भक्तपुर आए हुन्छ, सांसद बस्नेत

४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले केही बुद्धिजीवित तथा मिडियाले क्षेत्र विकास कोष ९सांसद कोष०को नकरात्मक प्रचार गर्ने गरेको बताउँदै क्षेत्र विकास कोषद्वारा निर्माण गरिएका विकासका आयोजनाहरुको प्भावकारीताको बारे भक्तपुरमा आएर हेरी विश्लेषण गर्न आग्रह गर्नुभएको छ ।

मध्यपुर थिमी नगरपालीका वडा नं १ स्थित मनोरम नगर समाजले आज आयोजना गरेको मनोरम जेष्ठ नागरिक मैत्री पार्कको उद्घाटन कार्यक्रममा बोल्द सांसद बस्नेतले क्षेत्र विकास कोष विकास र समृद्धिको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नकरात्मक हल्ला फैलाउने कथित बुद्धिजीवि तथा केही मिडियाले सांसदहरुले क्षेत्र विकास कोषको रकम वगालीमा लगाउने हो भनि प्रचार गर्ने गरेको जसबाट बुद्धिजीवि तथा केही मिडियाको बैचारीक दरिद्रता कति छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । उक्त रकमको प्रयोग कस्तो भएको छ भनि भक्तपुरमा आएर हेरे हुन्छ । जुन खुल्ला किताव जस्तै छ । आम नागरिकले बुझ्छन्, देखेका छन् । मिसन मिडियाकर्मीले समेत आएर स्थलगत अध्ययन गरे हुन्छ ।’

४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको तथा बाँकी नपुग रकम स्थानीय वासीले विभिन्न तवरबाट सहयोगले निर्माण गरिएको उक्त पार्क सहित क्षेत्र विकास कोषको माध्यमबाट भक्तपुरमा १८ वटा आयोजनाहरु निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो ।

विभिन्न खाडी मुलुकले पानी, हरियाली, बनजंगल नभएको ठाउँमा समेत पानी प्रशोधित गरी पार्क तथा बृक्षारोपण गर्ने गरेको जानकारी गराउँदै सांसद बस्नेतले विश्वका विभिन्न मुलुकका देशको तुलनामा नेपाल प्राकृतिक बगैंचा भएको बताउनुभयो । विकास निर्माणमा सरकार तथा समुदायबीच सहकार्यमा काम गर्नुपर्ने बताउँदै उहाँले भक्तपुरमा आधा दर्जनभन्दा बढी पार्कहरु निर्माणको प्रकृयामा रहेको जसमा नीलबाराहीमा इको पार्क बनाउने कार्य शुरु भइसकेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा चेतनाको विकास गुणस्तरिय भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा विकासको चेतनाको स्तर धेरै माथि रहेको जसमा भक्तपुरको आगामी कार्य भनेको नै पार्क निर्माण, वातावरण सफाई, चेतना अभिवृद्धि, जुन ठाउँमा मानिसको ध्यान पुगेको छैन त्यो ठाउँमा कार्य गर्ने प्रकारको चेतनाको विकास भएको छ ।’

हनुमन्ते नदी सफाई अभियानको ७५औं हप्ताको अवसरमा कोटेश्वरदेखी सूर्यविनायकसम्म राजमार्गमा ग्रीनरी निर्माण गर्ने कार्य बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतित्थयमा शुभारम्भ हुने जानकारी गराउँदै उहाँले अरनीको राजमार्ग नै अब भक्तपुरमा पुरै पार्क जस्तै ग्रीनरी हुने समेत उद्घोष गर्नुभयो ।

आगामी दिनमा भक्तपुर विकास नभई रहन नसक्ने बताउँदै उहाँले रोकिएको मनोहरा प्लानिङ तथा मनोहरा करिडोरको काम शुरु भएको बताउनुभयो । भक्तपुरमा हुने कुनै पनि विकास निर्माणको कार्यको लागि बजेटको अभाव नहुने बताउँदै उहाँले भन्नुभयो, ‘विकासमा हात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने प्रकारको हुनु हुँदैन, कुनै पनि समस्या भए उपयुक्त विकल्प सहित समस्या समाधान गर्नु पर्छ । जहाँ समस्या त्या समाधान हुन्छ ।’

हनुमन्ते करिडोर अघिल्लो वर्ष ८१ करोडको लागतमा राधेराधेबाट चारदोबाटोसम्मको निर्माण कार्य भएको र यो वर्ष दुई चरणमा विभाजन गरी चारदोबाटोदेखी बालकुमारी तथा राधेराधेदेखी भक्तपुरसम्मको निर्माण गर्न ७५र७५ करोड बजेट विनियोजन भएको जानकारी गराउँदै उहाँले हनुमन्ते करिडोरकै कारण भक्तपुर यो वर्ष डुबानबाट मुक्त भएको बताउनुभयो । अबको डेढ वर्षभित्र अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा हनुमन्ते करिडोर हुने समेत उहाँले बताउनुभयो ।

भक्तपुर विकासमा सैतेनी आमा हैन, विकासमा देशकै नमुनायोग्य जिल्ला भएको बताउँदै उहाँले हनुमन्ते तथा मनोहरा नदीको करिडोरसँगै भक्तपुर र काठमाडौँ जोड्ने बेलिव्रिज समेत बन्ने क्रममा रहेको जानकारी गराउनुभयो । त्यस्तै काठमाडौँ, भक्तपुर र ललितपुर जोड्ने त्रिपुरा संगममा स्थायी पुल बन्ने प्रकृयामा अघि बढेको जानकारी गराउँदै भक्तपुरका अघिकाशं सडकहरु कालोपत्रे हुने क्रममा रहेको र आगामी दिनमा समेत निरन्तरता पाउने बताउनुभयो ।

विकास र सामाजिक कार्यमा अन्य जिल्लाले भक्तपुरबाट सिक्न लायक रहेको बताउँदै उहाँले भन्नुभयो, भन्नुभयो, ‘भक्तपुरमा असार मसान्तमा मात्र विकास भएको हैन, विकास निरन्तर भएको हो । मन्त्रालयबाट बजेट निकासा मात्र असार मसान्तमा भएको हो ।’

भक्तपुरका सडक तथा करिडोर निर्माणले कोटेश्वरको सवारी जाम न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उहाँले कोटेश्वरको सुरुङ मार्गको डिपिआरको कार्य समेत शुरु भइसकेको जानकारी गराउनुभयो । सुरुङ मार्ग तथा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माणसँगै कोटेश्वर जडिबुटीको सवारी जामको समस्या दिर्घकालिन रुपमा समाधान हुने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, उच्च स्तरिय अधिकार सम्पन्न बागमती सभ्यताका अध्यक्ष नरेन्द्र राज बस्नेत, भक्तपुर सडक डिभिजन कार्यालयका डिई बेल बहादुर भुजेललगायतका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here