एकल महिला माथि भईरहेको भेदभाव, दमन शोषणको अन्त्य हुनुपर्ने- राज्य मन्त्री झा

रौतहट । प्रदेश नम्वर २ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झाले एकल महिलाहरु माथि भईरहेको शोषण, दमनलाई अन्त्य गर्न मानव अधिकारका लागि एकल महिला समुहको गठनबाट प्रभावकारी हुने बताए ।
एकल महिला समुह रौतहटद्धारा शुक्रवार गौरमा आयोजित एकल महिला भेला तथा समुह गठन कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री झाले हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोर्णमा परिवर्तन ल्याउनका लागि समुहको गठन हुनु नितान्त आवश्यक रहेको बताए ।
श्रीमानको कुनै कारणवस मृत्यु भएमा महिलालाई हेर्ने दृष्टिकोर्णमा निकै भिन्नता आउँछ, महिलाकै कारण श्रीमानको मृत्यु भएको उसका घरपरिवारका सदस्यहरु हेपहा प्रवृति अपनाउदै महिलालाई अपमानित, प्रताडित एवं हक अधिकारबाट वंचित गराउने जस्ता कुप्रथा समाजमा विद्यमान रहेको हुँदा उक्त कुप्रथाको अन्त्य गर्नमा यस समुहको भुमिका अझ महत्वपूर्ण हुने छ उनले भनिन ।
समाजिक मूल्य मान्यता एवं विधिको शाषन व्यवस्था अनुरुप प्रत्येक नागरिकलाई सम्मानका साथ बाँच्नुपर्ने अधिकार रहेको तर केही कुप्रथाका कारण हाम्रो समाजका एकल महिलाहरु प्रताडित हुनु परेको जिकिर गरिन । एकल महिलाहरुको हक अधिकार कायम गराउन, समाजमा अन्य महिला सरह एकल महिलाको पनि त्यतीकै अधिकार हुनुपर्ने, विकास निर्माण लगायत हरेक कार्यमा संलग्न गराउन एकल महिला समूहको गठन अपरिहार्य रहेको चर्चा गरिन तथा शान्तिपूर्वक समुहको गठन गर्नका लागि शुभकामना दिइन ।
एकल महिला प्रदेश नम्वर २ की अध्यक्ष अनिता देवकोटाले हरेक जातजाती एवं वर्गको अधिकारको रक्षार्थ संघसंगठनहरु भएपनि आधा सृष्टि अगोटेको महिलाहरु जव श्रीमान विहिन बन्छन त्यस वेला घर परिवारको साथै समाज र राज्यबाट हेपहा प्रवृतिको शिकार बन्ने गरेको हुँदा एकल महिलाको मान सम्मान, इज्जत प्रतिष्ठाको साथै हक अधिकारका लागि नै यस समुहको गठनका लागि रौतहट आईपुगेको बताइन् । निकै लामो प्रयास पछि एकल महिला समुहको आजै गठन हुने उनले दाबी गरिन ।
गौर नगरपालिकाको उपमेयर श्रीमती किरण ठाकुरले महिलाहरु माथि भईरहेको भेदभाव एवं असमान्ताको खाडल त छदैछ त्यसमा पनि एकल महिलाहरुको अवस्था अत्यन्तै दयनिय रहेकोमा चिन्ता व्यक्त गरिन । महिलाहरु मानसम्मान पूर्वका बाँच्नुपर्ने अधिकार संविधानले प्रदत्त गरेको छ तर पित्री सतात्मक समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोर्णलाई परिवर्तन गराउन यो समुहको भुमिका अति नै फलदायी हुने विश्वास व्यक्त गर्दै नवगठित समुहलाई शुभकामना दिइन् ।
सो कार्यक्रममा समुहकी केन्द्रीय सदस्य विमला पराजुली, कृष्णा बस्नेत सहितका महिलाहरुले आ आफना पिडाहरु राखेको थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here