बाढी प्रभावित बस्तीमा जि.पी फाउन्डेशन द्वारा निशुल्क स्वास्थ्य जाँच

सर्लाही ,साउन । बाढी र डुबानबाट पिडित सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित घोडदौडी टोलमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित लखनदेही खोलाको किनारमा अवस्थित अति पिछडिएको घोडदौडी टोलका बासिन्दाहरुमा विभिन्न रोगको महामारी नफैलियोस भन्ने उद्देश्यले जि.पी फाउन्डेशनको आयोजना तथा रामहरि जोशी फाउन्डेशन र मलंगवा नगरपालिकाको सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविरको अयोजना गरेर बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।सनिवार बिहान १० बजे देखि बेलुका ५ बजेसम्म संचालन भएको उक्त शिविरमा महिला,पुरुष तथा बालबालिकाहरु गरि जम्मा १४८ जना बिरामीको नि:शुल्क स्वास्थ्य जाँच गरि नि:शुल्क रुपमा औषधी समेत वितरण गरेको जे.पी फाउन्डेशनका सर्लाही जिल्ला सचिव कौशल किशोर रायले जानकारी दिनुभयो । केही दिन अगाडि लखनदेही खोलामा आएको भिषण बाढीको कारण डुवानमा परेर उक्त बस्तीमा विभिन्न रोगको संक्रमण र महामारी फैलिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै फाउन्डेशनले ल्याएको दक्ष चिकित्सकहरुको टोलीले स्थानीयबासीहरुको स्वास्थ्य जाँच गरेर निशुल्क रुपमा औषधी वितरण गरेको मलंगवा नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिनुभयो ।फाउन्डेसनका अध्यक्ष शुसिल कुमार शर्माको नेतृत्वमा आएका चिकित्सकहरु अभिराम झा, सत्यनारायण यादव लगायतका फाउन्डेसनका सचिव कौशल किशोर राय,नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति लक्षमण राय,अरुण सिंह ,नेविसंघ सर्लाहीका पुर्व सभापति युवराज देवकोटा ,कैमुल मिकरानी,महिला संघकी नेतृ गीता अमात्य, स्थानीय नुरुल मिकरानी, राकेश बैठा र प्रहरी चौकी भाँडसरका प्रहरीको सकृय सहभागीतामा ज्वरो, झाडापखाला, रुघा खोकी, छालारोग लगायत रोगबाट ग्रसित भएर आएका बिरामीहरुको स्वास्थ्य जाँच गराइ नि:शुल्क रुपमा औषधि उपलब्ध गराएको सूचना अधिकृत अधिकारीले विष्फोटलाई बताउनुभयो । शिविरमा जचाउन आएका पुरुष बिरामीको भन्दा महिला तथा बालबालिकाहरुको संख्या बढी रहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here