हर्षहा चौक देखि विश्रामपुर सडक खण्ड स्तरोन्नतिसंगै कालोपत्रे

रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाले हर्षहा चौक देखि विश्रामपुर सडक खण्ड स्तरोन्नतिसंगै कालोपत्रे गरेपछि स्थानियवासी हर्षित भएका छन ।
वृन्दावन नगरपालिका अन्तर्गतका उक्त सडक खण्ड वर्षौदेखि जिर्ण रहनाले आवत जावतमा समस्या हुदै आएकोमा स्तरोन्नतिसंगै कालोपत्रे भएपछि स्थानियवासी हर्षित भएका हुन ।
खाल्डै खाल्डो रहेको तथा वर्षायाममा हिल्मम हिलोले आवतजावतमा निकै नै कठिनाइ भैइरहेकोमा नपाले सडक चौडीकरणसंगै कालोपत्रे गरेकोमा निकै सराहनिय कार्य रहेको स्थानिय रंजित कुमार साहले बताउनुभयो ।
नपाले गत आर्थिक वर्षको योजना अन्तर्गत उक्त सडकलाइ छनौट गरी कालोपत्रे गरेपछि स्थानियवासी खुशी भएका स्थानिय शेख मजिदले बताउनुभयो ।उहा“ले जिर्ण सडक विस्तारसंगै स्तरोन्नति गर्नु सराहनिय कार्य रहेको समेत बताउनुभयो ।
वृन्दावन नगरपालिको १६लाखको लागतमा विभिन्न ठाउ“मा कल्र्भट निर्माण र ८७लाखको लागतमा माटोपुरी ग्राभेल गर्ने तथा संसदिय कोषको ५०लाखको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको वृन्दावन नगरपालिकाका निम्ति प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादवले बताउनुभयो ।
नगरपालिका तथा संसदिय विकास कोषको लगानीमा उक्त सडक खण्डको माटोपुरी ग्राभेल ,कल्र्भट निर्माण तथा कालोपत्रे गरी सडक स्तरोन्नति कार्य गरिएको उहा“ले जानकारी दिनुभयो ।
नगरपालिका तथा संसदिय कोषको लगानीमा हर्षाहा विश्रमापुर सडक कालोपत्रे कार्य भएकोे वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही यादवले बताउनुभयो ।उहा“ले सडक चौडीकरणसंगै सडकको बिच भागमा डिभाइडर सहित कालोपत्रे कार्य गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले गत आर्थिक वर्ष ०७५÷०७६ वडास्तरिय र नगरस्तरिय गरी दुइसय विकास निर्माण योजना सम्पन्न गरेको जस अन्तर्गत सामुदायिक भवन ,सडक कालोपत्रे ,पक्की नाला निर्माण ,विद्यालय कक्षा कोठा निर्माण ,मठ मन्दिर निर्माण लगायत मर्मत सम्भार कार्यहरु सम्पन्न गरेको नगर प्रमुख यादवले बताउनुभयो ।
विकास निर्माण कार्य गुणस्तर ,फलदायी ,स्टिमेट बमोजिम तथा समयमा सम्पन्न गराउने उद्येश्यले पटक पटक स्थलगत अनुगमन तथा निरीक्षण गरी मात्र योजनाको भुक्तानी दिइएको नगरप्रमुख यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here