पर्साको ठोरी नाकाबाट प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरे

भारतसंग सीमा जोडिएको पर्साको ठोरी नाकाबाट प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका–४ का रहेका छन् । उद्धार गरिएका मध्ये दुईजना २२ वर्षका र एक जना २५ वर्षकी युवती रहेको प्रहरीले जनाएको छ ।


चितवन भरतपुरको चौबीसकोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्वरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए । तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगारिक कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको इलका प्रहरी ठोरीका प्रहरी निरीक्षक पन्तले जनाए । 
पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् । धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत र्पुयाउन लागेको अवस्थामा उद्धार गरिएको उनले बताए ।


कसैले सोधेमा दिदी बहिनी नाता पर्ने भन्न युवतीहरुलाई सिकाएको प्रहरी थियो । ठोरी नाकामा बसबाट झरेका युवतीहरुको गतिविधि शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा उनीहरुको प्रहरीले उद्दार गरेको हो । घटनामा संलगनको खोजी भईरहेको भन्दै उद्दार गरिएको युवतीहरुलाई पारिवारको जिम्मा लगाउने प्रहरीले निरीक्षक पन्तको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here