चारदिने राष्ट्रिय युवा सम्मेलन काठमाडौँमा सुरु

काठमाठौँ । ७७ जिल्लाका युवाको सहभागितामा चारदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाल युवा परिषद्को आयोजना सुरु भएको सम्मेलनमा एकजना युवा र एकजना युवती गरी १ सय ५४ जना र बिभिन्न समुदाय, वर्ग र जाति विशेष क्षेत्रका आधारमा सहभागी गराइएका ५० जना गरी २ सय ४ जना युवाहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा ५१ प्रतिशत महिला सहभागी रहेका छन् । १८ देखि ३० वर्ष उमेर समूहका युवा सम्मेलनमा सहभागी हुने मापदण्ड बनाइएको थियो । 

“उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन भने नेपाल युवा परिषद्को झण्डा सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको भिडियो देखाएर गरिएको थियो । 

नेपाल युवा परिषद्को झण्डा पर्यटन गाईड बल बहादुर लोप्चानले करिब तीन महिनाअघि सगरमाथामा पुर्‍याउनु भएको थियो ।

सम्मेलनमा युवा नेतृत्व विकास, युवा उद्यमशिलता, दिगो विकास प्राप्तिका लक्ष्य, लैङ्गिक समानता, भिजिट नेपाल २०२० लाई मुख्य विषय बनाएर छलफल चलाइएको परिषद्का अध्यक्ष सरोज बानियाले जानकारी दिनुभयो ।

सम्मेलनमा करि २० भन्दा धेरै विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागि हुन आउनु अघि युवाहरूले स्थानीय सरकारसँग सोही जिल्लामा अध्ययन, व्यवसाय वा सामाजिक कार्य गरिरहेको प्रमाणस्वरुप स्थानीय तहको सिफारिस परिषद्लाई बुझाएका थिए ।

यस पटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १/१ वटा स्टल दिइएको छ । सहभागिहरूले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री स्टलमार्फत प्रदर्शन गर्नेछन् ।

बिभिन्न भेषभुसा, परिकारका साथ आजै सम्मेलनमा युवा सांस्कृतिक साँझको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here