
रौतहट । यूनिसेफ र विश्व शिक्षाको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्धारा संचालित समता र समावेशी शिक्षा परियोजना कार्यक्रम अन्तर्गत रौतहटको बौद्धिमाई नगरपालिकामा शिक्षा सुधारको लागि योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बालबालिकाहरुको बाल अधिकारलाई पुरा गर्न बालबालिकाको शैक्षिक सुधारका लागि प्रारम्भिक कक्षा सिकाई सुधार गर्न परियोजना कार्यान्वयन भएको हो । जिल्लाको ४ वटा नगरपालिका कटहरीया, मौलापुर बौद्धिमाई र राजपुरमा संचालित कार्यक्रममा नगरपालिकाको शैक्षिक सुधारको अवस्था गर्न विद्यालयमा रहेको शैक्षिक अवस्था समस्या पहिचान गरी दिर्घकालिन समाधानका लागि योजना निर्माण गरी कार्यान्वयनका लागि २ दिने योजना निर्माण कार्यशाला ४ वटै नगरपालिकामा सम्पन्न भई सकेको छ । नगर स्तरीय संयुक्त शैक्षिक योजना निर्माण कार्यशालाको निम्न उद्देश्य रहेको छन ।

स्थानीय निकाय संग सुमसुर सम्बन्ध कायम गर्नु नगरपालिकाको वार्षिक योजनामा प्रारम्भिक कक्षा, सिकाई सुधार कार्यक्रमलाई समावेश गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, नगरपालिकाको शैक्षिक अवस्था पहिचान तथा वार्षिक कार्य योजनामा राख्न सहयोग गरी सिकाईको अवस्थामा सुधार गर्ने, स्थानीय सरकारले शिक्षाको प्रारम्भिक कक्षाप्रति सम्वेदनशिल भई सक्रियताका साथ शैक्षिक भुमिका खेल्ने प्रतिबद्धता समेत भएको छ ।

बौद्धिमाई नपामा सम्पन्न कार्यशालामा नगरप्रमुख राजीव रंजन यादव, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रबंशी, वडाअध्यक्षहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो । कार्यशालाका सहभागी पदाधिकारीहरुले प्रारम्भिक कक्षा प्रति सम्वेदनशिल भई कार्ययोजना लागु गर्ने प्रतिबद्धता गरेको कार्यक्रम अधिकृत शुशिल झाले जानकारी दिनुभयो ।



