कर्मचारीकै मिलेमतोमा रौतहटको वनमा काठ चोरी तस्करी

चन्द्रपुर । रौतहटको वनमा काठ चोरी तस्करी रोकिन सकेको छैन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीकै मिलेमतोमा रातीको समयमा वनबाट काठ चोरी बढेको देखिएको छ । जिल्लाको चेतनगर ईलाका वन कार्यालयको मातहतको वनबाट रातीको समयमा साईकल र मोटरसाईकलमा काठको चोरी तस्करी हुने गरेको स्थानीलयले बताएका छन् ।

चादी खोला पारीबाट रातीको समयमा मरधर, सिन्धुरेघारी हुँदै साईकल तथा मोटरसाईकलमा काठका गोलिया जाने गरेको एक स्थानीय बासिन्दाले जानकारी दिए । प्रहरी र वन कर्मचारीकै मिलेमतोमा सो बाटो भएर विगत केही दिन देखी नियमित रुपमा काठ जाने गरेको स्थानीयले दावी गरेका छन् ।

आधा घण्टा पहिला प्रहरीको गस्ति मोटरसाईकलमा सोही बाटो हिड्ने र आधा घण्टा पछि चोरले सोही बाटो मोटरसाईकल र साईकलमा काँचा सालका गोलिया लिएर जाने गरेपछि स्थानीयले प्रहरी र वन कर्मचारीको मिलेमतोमा काठ चोरी तस्करी मौलाएको आशंका गरेका हुन् । वन कर्मचारी आफ्नो कार्यक्षेत्रमा भन्दा डिभिजन वन कार्यालयमा हाकिम रिजाउन सक्रिय हुने गरेका कारण जिल्लाको वनमा हानी नोक्सानी बढेको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here