नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

२०७६ साल २ जेठदेखि ५ भदौसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन–२ जारी गरेको हो ।

अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी शुक्रबार जारी गरिएको निर्देशनमा विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने सहितका कार्यक्रमहरू छन् ।

नेकपा नेतृत्वको भारी बहुमत बहुमतको सरकार बनेपछि सरकारलाई सहयोग पुग्नेगरी पहिलो पटक सार्वजनिक अभियान गर्न लागेको हो ।

निर्देशनमा भनिएको छ– अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।

अपानिमा पार्टी एकताको क्रममा नेताहरूले पाएका जिम्मेवारीका साथै आगामी कार्यक्रम उल्लेख छ।

साथै नेकपाको बरियाताक्रममा झलनाथ खनाल तेस्रो र माधव नेपाल चौथो स्थानमा रहने तथा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी बैठकमा लगिने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here