बाढी प्रभावित घरपरिवारहरुको लागि खाधान्य राहत सामग्री बितरण

कलैया– भाद्र –१६ बारा ।
रौतहटको गढीमाई नगरपालिका वटा नं ६ का दुई सय बाढी प्रभावित घरपरिवारहरुको लागि खाधान्य राहत सामग्री बितरण भएको छ ।
गत असार २७ गते देखि आएको अबिरल बर्षाको कारण प्रभावित भएको परिवारहरुलाई जिवन आपनमा राहत हुने उदेश्यले संरक्षण नेपाल बारा र चाइल्ड नेपाल काठमाण्डौ तथा जनसेवा नेपाल रौतहट र कारिटास जर्मनीको सहयोगमा सो सामग्रीहरु बितरण गरिएको हो ।
बाढी प्रभावित प्रत्येक घरपरिवारहरुको लागि खाधान्य सामग्रीहरु मध्ये चामल १ बोरा, दाल २ किलो, चिनि २ किलो, आयोनुन २ किलो, खानेतेल २ किलो, चना÷गेरागुडी २ किलो, मसाला ४ प्याकेट, तरकारी बिउ ४ प्याकेट लगायतका सामग्रीहरु बितरण गरिएको संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहा बताए ।


उतm खाधान्य सामग्री बितरण कार्यक्रम गढीमाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामसिगाशन राय यादवको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा संरक्षण नेपालका बृजमोहन कुशवाहा, चाइल्ड नेपालका तोया तिवारी, जनसेवा नेपाल रौतहटका गोबिन्द राम, संस्थाका मुकेश कुशवाहा, प्रभु मण्डल, हिरालाल चौधरी तथा सशतm बल र प्रहरी चौकीका प्रहरीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here