मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै -कांग्रेस

काठमाडौं । असार २२ गते सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मगलबार सकिएको छ । कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ । गए राति सकिएको बैठकले सडक र संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो ।

वाइड बडी, न्यारो बडी जहाज खरिद प्रक्रियामा करौडौंको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कांग्रेसले केपी ओली नेतृत्व सरकारले गरेको आर्थिक अनियमितालाई जनतामाझ लैजाने निर्णय गरेको छ । संसदमा पेस भएको भूमि विधेयक, प्रेस काउन्सिल विधेयकलाई पारित हुन नदिने भएको छ । संविधानको संरक्षणका लागि पार्टीको सक्रियलाई अझ बढाउने निर्णय गरेको छ ।

बैठकले समय गुजारेका पार्टीका भ्रातृ संगठनको वर्तमान केन्द्रीय समितिलाई नै थप छ महिनाको समय दिएर महाधिवेशनमा पठाउने निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिए । त्यस्तै, बैठकले पार्टीको विदेश विदेशस्थित जनसम्पर्क समितिका विवादित समितिलाई छ महिनाभित्र अधिवेशन गर्ने अधिकार दिएको छ ।

बैठकले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट पार्टी समायोजन गरेर आएका केन्द्रीय तहका केही नेतालाई केन्द्रीय समितिमै ल्याउने समझदारी गर्दै एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउने निर्णय गरेको छ । बैठकले सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । बैठकले १४ वटै अजेन्डा पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here