कविता : ‘तीजको महिमा’

कविता

नारीमा तीजको रहन्छ महिमा, उल्लासका पर्वमा
साथी माइत मावली विकटता, तोडिन्छ है सर्वमा
छन् राम्रा गहना र बस्त्र कपडा, श्रृङ्गारले झल्मल
नाच्छन् नाच तिजे मिठास सँगिनी, ली सम्झना पल्पल

थाले भुल्न परम्परा विकृति पो, निम्त्याउँदै गाउँमा
आधा अङ्ग खुला बनाउन पुगे,यो चाडको नाउँमा
छोप्ने अङ्ग नछोपिए पछि कठै, धिक्कार लाग्ने तिज
देख्ने दाजु र भाइ टोल तिरका, बोलाउँछन् भानिज

मीठा खीर हटे अखाद्य मदिरा , चुस्की बन्यो है दर
मैनौँसम्म डुलेर खान्छ तिजले, जात्रा सँधै हुन्छ र ?
रोदी हो तिज लाज छैन महिला , लौ बाङ्गिएको किन
चोली गुन्यु फुकाउँदै वदनका , हो नाङ्गिएको किन

आयो तीज घुमेर नारी सबमा उल्लास छायाे अब
नाच गान बजान खान रसिला मिठा मसिना सब
पैरी वस्त्र अनेक साज सगनै श्रृङ्गारमा ढल्फल
लाई रत्न अनेक अङ्गहरुमा घुड्की लिदै पल्पल

नाच्छन नाच अनेक अश्लिल अझै राेदी सरी रम्झम
जाली वस्त्र लागाई यु-वक सगै भाँची कटी छम्छम
राेदी झै छ अचम्म तीज अहिले आषाढ मै आउछ
पार्टी प्यालेस वा रिसाेर्टहरुमा रङ्गिनता छाउछ

खान्छन टन्न रमाई माम्स मदिरा चुस्की बन्याे रे दर
मिठाे त्याे कनिके घिउ बदलिदै हुस्की बन्याे आखिर
मैना दिन रहन्छ याे दर मिठाे सस्था समुहहरु
गाउ टाेल समाज वा कलव छन मिल्दैन पालाे बरु

फेर्नु पर्छ हरेक वस्त्र दिनहुँ श्रृङ्गारका साधन
बल्नु पर्छ धपक्क नारीहरुकाे प्रसन्नताले मन
नाच्नु पर्छ खुलाई अङ्गहरुनै भाँची कटी बारुले
हिजाे झै अब हुन्न तीज सगी हाे थाेत्रा पुराना गले

सासू नन्द अमाजुका विरसिला बाेलि वचन ती रुखा
देउरानीहरुका तिखा वचन ती साैता र जेठानीका
लाेग्नेका कसला वुहार्तन ठुला घरकाज सङ्घर्षका
गाउ्दा अश्रु बगाउथे भलभली ती कष्ठ सारै रुखा

छैनन आज कतै छ पुर्ण समता हामी सबै शिक्षित
नारी हाै सवला वुझेर दुनिया पाश्चात्यले दिक्षित
हाम्रा गीत वजुन गिटार अथवा वाजा पियानाेसग
हाम्रा नाँच रिमिक्स भइकन चलुन ड्रम्सेट वज्ने रंग

पुजा वर्त बनुन् मिठा फल सगै रसादिकाे पान हाेस
घिउ दुध र जुस टन्न पिउदै जपादि वा दान हाेस
फेरियाे युगचक्र लपूर्ण संगी हाे फेर्नु छ हाम्राे गति
आफै बाट सुरु हुदैन त भने फिर्दैन हाम्राे मति
अम्बिका अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here