त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा‍.डा. सुधा त्रिपाठी

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा‍.डा. सुधा त्रिपाठीलाई नियुक्त गरेको छ। उनलाई सरकारले तीन महिनाको लागि त्रिवि उपकुलपतिमा नियुक्त गरेको हो। त्रिभुवन विश्वविद्यालयको यो ओहोदामा पुग्ने उनी पहिलो महिला हुन्। त्रिविका निवर्तमान उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएको थियो।उनको कार्यकाल सकिएपछि सरकारले त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई नै निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको थियो। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य रहेका थिए।

गठन भएको लामो समयसम्म पनि समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्न सकेको थिएन। समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। त्रिविको उपकुलपति बन्न निवर्तमान उपकुलपति तीर्थ खनियासहित सुधा त्रिपाठी, अरुण सायमी, उपेन्द्र कोइराला, डिल्ली उप्रेतीलगायतको दौडधुप चलेको थियो।

प्रधानमन्त्री केपी ओलीले भने वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको समाचारहरु पनि बाहिर आएका थिए। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको बताइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here