धनुषा को हंसपुर झडप मा घाइते को मृत्यु

जनकपुर।
केही हप्ता पुर्ब धनुषाको हंसपुर नगरपालिकामा केन्द्र विवादमा भएको झडपमा घाइते स्थानीय ५५ तपेश्वर मण्डलको मृत्यु भएको छ ।मेयर रामज्ञान मण्डलले कार्यालय सार्न खोज्दा साउन २१ गते झडप भएको थियो । सोही झडपमा मेयर र प्रहरीको कुटाइबाट मण्डल घाइते हुँदा जनकपुर अंचल अस्पतालमा भर्ना भएका थिए ।उपचारकै क्रममा आज साँझ मण्डलको मृत्यू भएको छ । उनको मृत्यु भएपछि स्थानीयले अस्पताल आएर प्रदर्शन गरेका छन् । उनीहरु कुटपिटमा संलग्न मेयरसहितलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here