८० प्रतिशत भौतिक निर्माण काम भएको वडा अध्यक्ष कलवारको दाबी

रौतहट । परोहा नगरपालिका वडा नं. ७ नरहटीया खापका अध्यक्ष रघुनाथ प्रसाद कलवारले भौतिक पुर्वाधारको ८० प्रतिशत काम सम्पन्न भईसकेको कुरा बताउनु भएको छ । वडा अध्यक्ष कलवारले पत्रकारहरु संग कुरा गर्दै वडाका जनतालाई सिचाई सुविधाका लागि बिधुतिकरण काम गराउन बाँकी रहेको बताउन भयो ।

अर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा गरि वडाले पाएको बजेट शिलिङ १ करोड ३० लाख रुपैयाबाट बाटो ढलान, नयाँ बाटो निर्माण, नाला निर्माण, मदर्शा भवन निर्माण, मठ मन्दिरको रङगरोगन, प्रहरी चौकीको मर्मत, रामजानकी धर्मशला मर्मत, ईदगाहको कम्पाउण्ड वाल, विधालयका कम्पाउण्ड वाल लगायतका निर्माण कार्यहरु गराएको अध्यक्ष कलवारले जानकारी दिनु भयो । वडा नं. ७ नरकटीया टोलमा बालवालिकाहरुलाई विधालयमा पढन जाँदा टाढा जानुपर्ने भएकोले नयाँ विधालय स्थापनाका लागि कार्यपालिका सदस्य रजकलीया कुमारी पास्वान परोहा नगरपालिका संग माग गर्नु भयो । विधालय स्थापना हुने कुरालाई आफुले मागको रुपमा नगरपालिकामा राख्ने वडा अध्यक्ष कलवारले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here