रौतहट । बौद्धीमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवले नगरवासीलाई झुल वितरण गरेका छन् ।
नगरपालिका वडा नं. ४ का जेष्ठ नागरिक, असहाय तथा गरिब घर परिवारमा ९ सय २० थान वितरण गरेका छन् । लामखुटेको टोकाईबाट जोगाउन उक्त झुल वितरण गरिएको नगर प्रमुख यादवले बताउनु भयो । विस्तारै सबै वडामा वितरण गर्ने कार्यक्रम रहेको वहाँले जानकारी दिनु भयो ।