जनकपुरधाम : प्रदेश २ मा लोकसेवा आयोगको अध्यक्ष पदमा सुरेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री कार्यालयले आइतबार आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई शपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष पदमा सिफारिस भएका यादव सिरहा जिल्ला निवासी हुन् । यादव सिरहाको सूर्यनारायण, सत्यनारायण मोडबैता यादव बहुमुखी क्याम्पसका सह-प्राध्यापक हुन् । त्यसैगरी मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त गरिएको छ।झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादवलगायतको उपस्थिति थियो।