चीनबाट हिडे राष्ट्रपति सी, को-को छन भ्रमण टोलीमा ?

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल र भारतको भ्रमणका लागि चिनियाँ समयअनुसार शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका छन् । भारतमा हुने चीन-भारत नेतास्तरीय दोस्रो अनौपचारिक भेटवार्ता सकेर राष्ट्रपति सी नेपाल प्रस्थान गर्ने कार्यक्रम छ। नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अक्टोबर १ को घरेलु कार्यक्रमपछि चिनियाँ राष्ट्रपतिले विदेश भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।

भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्‌का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायत सहभागी रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ती दुवै मुलुकको भ्रमणका लागि सी ११ तारिख विशेष विमानद्वारा बेइजिङबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । यस्तै चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने घोषणा गरेको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यस्गतो घोषणा गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ ।

खासगरी ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत यस भ्रमणको क्रममा बन्ने बताइएको छ । राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक सम्मेलन गरेर उनी भारतबाट नेपाल आउने छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा हुन लागेको हो । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन्, ‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् । उपमन्त्री लुओकाअनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ । दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् । सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको समेत चिनियाँ उपमन्त्रीले बताएका छन् ।

यसैबीच नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण क्रममा विमानस्थलका टावर तथा स्टेशनमा निरन्तर बिजुली उपलब्ध गराउन विद्युत प्राधिकरण समक्ष आग्रह गरेको छ। विमानस्थल कार्यालयले विद्युत प्राधिकरणलाई पत्र लेख्दै चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा ‘हेल्दी’ बिजुली आपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेको हो।

फुल्चोकीमा रहेको कम्युनिकेशन रिपिटर स्टेशन र भट्टेडाँडाको राडार स्टेशनमा निरन्तर बिजुलीको व्यवस्था गरिदिन विमानस्थल कार्यालयले आग्रह गरेको हो। त्यस्तै विमानस्थल जान चाबहिल तथा बानेश्वरको डेडिकेटेड फिडरको बिजुली आपूर्तिलाई विशेष प्राथमिकतामा राखिदिन पनि आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here