युवामा भन्दा युवतीहरुमा बढी वामपन्थी झुकाव

एजेन्सी ।
एक नयाँ अध्ययनले पश्चिम युरोप र क्यानडाका युवतीहरू तिनका पुरुष सहकर्मीभन्दा बढी वामपन्थी हुने देखाएको छ । तर सोही अध्ययनले वृद्धवृद्धाहरूमा भने पाको महिलाहरूले दक्षिणपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना बढी भएको देखिएको छ । हुन त युवायुवतीले वृद्धवृद्धाभन्दा वामपन्थी उम्मेदवारलाई भोट हाल्ने सम्भावना बढी हुन्छ । भन्ने कुरा पहिलेदेखिको आम बुझाइ नि हो, पछिल्लो अध्ययनले महिलामा यो कुरा अझ प्रष्टसँग देखिएको छ ।राजनीतिक झुकावलाई उमेर र लिङ्गको आधारमा हेर्दा युवतीहरू सबैभन्दा बढी वामपन्थी हुने र वृद्धाहरू सबैभन्दा बढी दक्षिणपन्थी समूह रहेको पाईको हो । यो ४० हजार मानिसबाट गरिएको तथ्याङ्कको विश्लेषणबाट गरिएको एक अध्ययन हो । अध्ययन गरिएका लगभग सबै देशमा सन् १९५५ पछि जन्मिएका महिलाले उही उमेर समूहका पुरुष भन्दा बढि वामपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना छ । त्यसको विपरीत सन् १९५५ अघि जन्मिएका महिलाहरू तिनका पुरुष भन्दा वामपन्थी पार्टीलाई कम मतदान गर्ने सम्भावना रहेको हो ।अध्ययनले वामपन्थीहरूलाई मतदान गर्ने कुरामा उमेरको खाडल प्रत्येक नयाँ पुस्तामा झन् बढी हुँदै गएको पाईन्छ । त्यही कारणले वामपन्थीलाई मतदान गर्ने कुरालाई लिएर महिला र पुरुषबीचको भिन्नता सन् १९७५–८५ मा जन्मिएकाहरूको हकमा भन्दा १९६५–७५ मा जन्मिएकामा धेरै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here