सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर

रौतहट । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले  समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन् । 

सरकार संविधानमा मधेशीलाई विभेद गरेको भए पनि संविधान संशोधन गर्नका लागि आफनो पार्टी सरकारमा गएको समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले बताएका हुन् । 

समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले शनिवार गरुडा चिनि मिलको प्रांगनमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत पार्टी प्रवेस कार्यक्रमम मन्त्री यादवले उक्त कुरो बताएका हुन ।

यादवले  सरकारलाई संविधान संशोधन गर्नको लागि अहिले दिएको अवसर गुमाए भने सरकार छाडेर पुनः आन्दोलनमा जाने चेतावनी दिए । 
सरकारले संविधान संशोधन गर्ने प्रक्रिया चाडै अगाडि बढाउने कुरामा आफुहरु विस्वस्त रहेको उनले बताएका थिए । 

राज्यले थोरै लगानी गरेका कारण तराई मधेश विकसित र समृद्ध बन्न नसकेको बताउँदै मन्त्री यादवले स्वास्थ्या, शिक्षा र कृषिमा सरकारले लगानी गर्न सके तराई मधेश चाडै विकसित र समृद्ध बन्न सक्ने बताए । 

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, पार्टी जिल्ला इन्चार्ज वृज किशोर यादव,  राजकुमार दास तत्मा, प्रदेश सांसद राम किशोर यादव, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, विन्देश्वर यादव, लगाएतका व्यक्तिहरुले बोल्दै मधेश र मधेशीको अधिकार एक मात्र पार्टी समाजवादीले नै मात्र दिन सक्ने बताए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय अध्यक्ष यादवले पार्टी प्रवेस गर्नेहरुलाई माला र टिका लगाएर स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here