सांसद आफताब आलममाथि लगाइएको बमकाण्डको आरोप आफूलाइ विश्वास लागेन—आनन्द प्रसाद ढुङगाना

रौतहट, ६ गते ।नेपाली का“ग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङगानाले सांसद मो.आफताब आलममाथि लगाइएको बमकाण्डको आरोप आफूलाइ विश्वास नलागेको बताउनुभएको छ ।
रौतहटको गौरस्थित सांसद आलमको निवासमा पत्रकार सम्मेलनमा बौल्दै केन्द्रिय सदस्य ढुङगानाले नेपालको प्रजातन्त्र ,लोकतन्त्र ,गणतन्त्र लगायत नेपाली जनताको हकका लागि लडाइ लडेको व्यक्तिले यस्तो घटनामा भूमिका रहेको आफूलाइ विश्वास नलागेकोे तथा गलत रहेको बताउनुभयो ।


सम्पूर्ण जिवन प्रजातन्त्र ,लोकतन्त्र ,जनताको अधिकार तथा कानूनी राज्यको लागि लडाइ लडने परिवारको व्यक्तिबाट यस्तो घटना हुनु पत्यार लाग्दो नरहेको तथा नेपाली जनताले पनि विश्वास नगर्ने उहा“ले तर्क दिनुभयो ।
अनुसंधानको नाममा सरकारले १२ वर्ष पछिको घटनालाई उजागर गर्न खोज्छ ,सरकारको अनुसंधानको थुप्रै उदाहरणप्रति कडा टिप्पणी गर्दै सरकारले एकतर्फी रुपले जुन अनुसंधानको नाममा प्रजातन्त्रिक ,लोकतन्त्र तथा कानूनी राज्य र जनताको इच्छा आकंक्षाको लागि लडाइ लडनेहरु माथि आक्रमण गर्नु गलत रहेको धारणा राख्नुभयो ।
केन्द्रिय सदस्य ढुड्ढानाले हामी कानूनी राज्य मान्ने ,अदालतको फैसलालाइ सम्मान गर्छौ भन्नुहुदै तर षडयन्त्र पूर्ण तरिकाले हामी अथवा नेपाली जनतामाथि अन्याय हुन्छ भने त्यो मान्य नहुने उहा“ले स्पष्ट पार्नुभयो ।


नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं. ४बाट निर्वाचित सांसद देव तिम्लिसिनाले दुइ पुस्ता देखि लोकतन्त्र ,प्रजातन्त्र ,गणतन्त्र लगायत नेपाली जनताको हककालागि लडाइ लडने सांसद आलम माथि यस्तो आरोप लाग्नु पत्यार लाग्दो नरहेको बताउनुभयो ।
नेपाली कांग्रेस रौतहटका रामश्रेष्ठ साह ,परोहा नपाका मेयर शेख वकिल ,राजपुर नपाका मेयर सकिल अख्तर लगायतका नेताले चुनावको अघिल्लो दिन चुनाव कार्यकालागि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहने त्यस्तो समयमा बमकाण्ड हुन नसक्ने तथा विपक्षीहरुले सांसद आलमलाइ फसाउने षडयन्त्र रहेको समेत बताउनुभयो ।


पहिलो संविधान चुनावको मौन अवधिमा रौतहटको राजपुर बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २बाट निर्वाचित नेपाली कांगे्रसका सांसद आलमलाई रौतहट जिल्ला अदालतबाट दुई पटक म्याद थप भइ प्रहरीले अनुसंधान गरिरहेको छ ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिन अघि चैत्र २७ गते उहा“को काकाको घरमा बम विस्फोट हुदा सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्मद आफताब आलम, सहित अन्य पा“च जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
बम बिस्फोटमा घाइते भएकाहरुलाइ जिउ“दै ईटाभठामा जलाएको आरोप समेत उनीमाथि लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here