समता र समावेशी शिक्षा परियोजना प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

युनिसेफको र बिश्व शिक्षाको सहयोगमा ग्रामिण बिकास केन्द्र नेपाल द्वारा सञ्चालनमा रहेको समता र समावेशी शिक्षा परियोजना अन्तर्गत प्रारम्भिक कक्षा सिकाइ सुधार गर्न प्रारम्भिक कक्षामा अध्ययन अध्यापन गर्ने शिक्षकहरुको तालिमको लागी मिति २०७६-०६-३० देखि मिति २०७६-०७-०३ गते सम्मे प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न ग्रामिण बिकास केन्द्र नेपाल च्म्ऋ ल्भउब िर राष्ट्रिय रोजगार प्रवद्र्यन केन्द्र च्च्ए केन्द्र सर्लाही को आयोजनामा र भ्त्ऋ बाराको समन्वयमा तथा सामाजिक बिकास केन्द्र क्म्ऋ महोतरीको सहकार्यमा ४ दिने प्रशिक्षक प्रशिक्षण तलिम रौतहटको अल्पाइन होटल चन्द्रपुर नगरपालिका, चन्द्रनिगाहपुरमा सक्रिय सहभागीतामा सफलता पुर्वक सम्पन्न भएको छ ।

यस तलिममा ३ वटै जिल्लाको १०÷१०जनाको सहभागीतामा गणित र नेपाली बिषयको प्रशिक्षक तयार गर्ने कार्य भएको छ । यसरी तयार भएका प्रशिक्षकहरुबाट समता र समावेशी शिक्षा परियोजना अन्तर्गत प्रारम्भिक कक्षा पढाइ÷सिकाइ, मातृभाषामा शिक्षण सिकाइ, समावेशी शिक्षा, बहुकक्षा÷बहुस्तर जस्ता बिषय बस्तुहरुमा रहेर कार्यक्रम लागु भएको नगरपालिकाका सामुदायिक बिद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म नेपाली र गणित बिषयमा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम दिई प्रारम्भिक कक्षाको सिकाइमा सुधार गर्ने कार्यमा सहयोग पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here