सरकारले सांसद आफताब आलमलाइ थुनामा राखेको विरोधमा नेपाली कांग्रेसले शुक्रवार गौरमा मौन जुलुस प्रदर्शन गर्ने

नेपाल तरुण दल जिल्ला कार्य समिति रौतहटका अध्यक्ष मोहम्म नौसाद आलमले निरंकुश सरकारले सांसद आफताब आलमलाइ बिना प्रमाण थुनामा राखेको विरोधमा शुक्रवार गौरमा शान्तिपूर्ण ढंगले नेपाली कांग्रेसले मौन जुलुस प्रदर्शन गर्ने बताउनुभएको छ ।
सांसद आलमको गौरस्थित निवासमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष नौसाद आलमले यस्तो बताएका छन ।
अध्यक्ष नौसाद आलमले १२वर्ष पछिको घटनाको बिना प्रमाण सांसद आलमलाइ षडयन्त्र गरी फसाएको विरोध गर्दै नेपाली कांग्रेसले शान्तिपूर्ण ढंगले आलम निवासदेखि पार्टी कार्यालय सम्म हाथमा प्लेकार्ड बोकी विरोध जुलुस प्रदर्शन गर्ने बताए ।
आफना पार्टी प्रजातानित्रक तथा विधिको शासन मान्ने रहेकाले सरकारको गलत रवैया तथा षडयन्त्रको विरोधमा शान्तिपूर्ण तरीकाले मौन जुलुस प्रदर्शन गर्ने उहा“ले स्पष्ट गरे ।
अध्यक्ष नौसाद आलमले नेपाली कांग्रेस रौतहटका अध्यक्ष कृष्णा यादव ,कोषाध्यक्ष रामश्रेष्ठ साह लगायतको नेर्तृत्वमा बसेको बैठकले शुक्रवार शान्तिपूर्ण ढंगले हाथमा प्लेकार्ड बोकेर सांसद आलमको विरुद्ध लगाइएको मmुठा मुद्धाको विरोधमा प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष नौसाद आलमलेजानकारी दिनुभयो ।उहा“ले विरोध प्दर्शन एकदमै शान्तिपूर्ण एवं प्रजातान्त्रिक ढंगले हुने ठोकुवा गर्नुभयो ।
नेपाल विद्यार्थी संघ रौतहटका अध्यक्ष सुभाष कोइरालाले निरंकुश सरकारको कदम तथा सरकारको गलत कदमको विरोध गर्दै शान्तिपूर्ण तरीकाले मौन जुलुस प्रदर्शन गर्ने बताएका छन ।
उहा“ले सांसद आलमलाइ षडयन्त्र ,अत्याचारको चर्को विरोध गर्दै मौन जुलस प्रदर्शन गर्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here