मेयर सरावगीको काम गर्ने शैलीप्रति बिमल श्रीवास्तवको कडा आपत्ति

समाजवादी पार्टी पर्साका असन्तुष्ट समूहले पार्टी अध्यक्ष एवं उप–प्रधानमन्त्री उपेन्द्र यादवबाट खप्की खाएर फर्केको पोल खुलेको छ ।
अंकुशलाई प्राप्त जानकारी अनुसार मेयर बिजय कुमार सरावगीको नेतृत्वमा मोहनलाल चौधरी, शशीकपुर मियाँ, सिपु तिवारी, मुकेश द्विवेदी लगायतको टोली गत ३ गते बेलुका सात बजे उप–प्रधानमन्त्री यादवको निवास भेट्न पुगेका थिए । सो भेटघाटको दरम्यान दिएको ज्ञापन–पत्रको अन्तिम हरफ पढेर अध्यक्ष यादव जंगिए । सो बखत अध्यक्ष यादवले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादव र २ का बिमल श्रीवास्तवलाई समेत बोलाएका थिए । छलफलको दरम्यान बाकी सबलाई हटाएर पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद द्वय प्रदिप, बिमल, मेयर र मोहनलाल चौधरी मात्र बसे । सो बैठकमा मेयर सरावगीको काम गर्ने शैलीप्रति बिमल श्रीवास्तवले कडा आपत्ति जनाए । जनताको मन जित्ने कुनै काम गर्नु छैन, एडिबीको प्रोजेक्ट बाहेक तिमीले के गरेका छौ ? भनी सांसद श्रीवास्तवले उपेन्द्र यादवको अगाडी मेयर सरावगीको झाँको झारे । कुनै कुरा सम्झाउन खोज्दा जहिले पनि पार्टीबाट राजिनामाको घुर्की देखाउने काम बन्द गर्न र कतै जानु छ भनी तु गइहाल्न अध्यक्ष उपेन्द्र यादवले मेयर सरावगीलाई निर्देशन दिए । सो बखत त्यही रहेका मोहनलाल चौधरीको क्लास लिंदै सांसद श्रीवास्तवले ॅअपने त समझदार बानी का इ लेडी के गाछ लेके घुमत बानी’ भनी भोजपुरीमा भन्दा चौधरी ट्वा परेका थिए ।
मेयर बिजय कुमार सरावगीले तत्कालिन पर्साको पार्टी अध्यक्ष प्रदिप यादवलाई बाइपास गरी बिमल श्रीवास्तवलाई अध्यक्ष उपेन्द्र यादवसंग भेट गराई पर्सा क्षेत्र नं. २ बाट टिकट दिलाए । आफ्नो पैसाको खर्च गरी बिमल श्रीवास्तवलाई जिताउन सक्दो सहयोग मात्र गरेनन्, पर्साको क्षेत्र नं. १ भन्दा बढी क्षेत्र नं. २ मा खटेर मेयर सरावगी श्रीवास्तवलाई जिताउन दिनरात एक गरेका थिए ।
समय परिस्थिती अनुसार आफुलाई ढाल्न सक्ने मेयर सरावगी बिमल श्रीवास्तवसंग नगर चलाएको अनुभव प्राप्त गर्न र प्रदिप यादवसंग परि आएको खण्डमा बचाउन ल्याएका थिए । त्यही बिमल ॅअंकल’ बाट आफुलाई ठुलो धोका भएको अनुभुति मेयर सरावगीलाई अहिले भइरहेको छ । त्यस अवसरमा सरावगीले बिमललाई ॅअंकल आपके समय जैसा अभिका समय नही है’ भनी सम्झाउन खोजेका थिए ।
अजासु अती जान्ने सुन्ने प्रवृत्तिका सरावगीको बुद्धि अहिले भ्रष्ट भइसकेको उनका नजिकका मान्छेहरु बताउँछन् । सरावगीका एक सहयोगीले नाम नछाप्ने शर्तमा अंकुशसंगको कुराकानीमा ॅदाँई गर्न गोरु नै चाहिन्छ बोका समातेर दाँई गर्न सकिदैन’ भन्दै आफुले धेरै पटक सम्झाउन प्रयत्न गरेको तर सफल नभएको उनका सहयोगीको कथन थियो ।
आइ.टी सम्बन्धी जानकार मेयर सरावगीको घुस खाने शैली पनि हाइटेक प्रवृत्तिको भएको, घुस असुल्न अहिले उनले चार जना दुत नियुक्त गरेको र उनीहरुले जनतालाई झुलाएर घुस असुलि गरेर नगरपालिकाको वातावरण प्रदुषित गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here