छोरीमाथि विभेद कायमै

– लिलेश यादव
प्रत्येक वर्ष फाल्गुन १४ गते महिला दिवसको अवसरमा हाम्रो देशका नेताहरू, मन्त्रीहरूले ठूलो होटलमा भाषण दिदैं आउँछन् । उनीहरू भन्छन् कि महिलाहरूको जीवन सुध्रिसक्यो, राष्ट्रपति महिला छिन, मन्त्रीहरू पनि महिला छिन, सर्वोच्च अदालतको प्रधानन्यायाधीश महिला भइसकेकी छिन । अब हाम्रो देशको महिलाहरूको जीवनमा धेरै परिवर्तन भइसक्यो । महिलाहरूले आफ्नो कुरा स्वतन्त्र रूपमा राख्न सक्छिन्, स्वतन्त्र रूपमा काम गर्न सक्छिन्, स्वतन्त्र रूपमा हिंडन सक्छिन् । तर बास्तवमा भन्ने हो भने केहि ठूला पदमा महिला पुगिसके पनि महिलाहरूको विकास भइसके हो भन्दा धेरै गतत हुन्छ । देशको दुरदराजमा महिलाहरू आज पनि आफ्नो जीवन डर र त्रासमा बिताउने गर्छन् । महिला र पुरूषहरूबीबच धेरै नै विभेद रहेको छ ।
तर आज म कुरा गर्छौ मधेशमा महिलाहरूमाथि भाइरहेको विभेदको बारेमा, महिला प्रति हेराइको बारेमा । कसरी आजको आधुनिक युगमा पनि महिलाहरू एउट दासी बनेर आफ्नो जीवन यापन गर्दै आइरहेका छन् ।
बास्तवमा कुनै पनि जिवित प्राणीको जन्म गर्भबाट हुन्छ । तर मधेशमा महिलाहरूको विभेद गर्भबाटै सुरू हुने गरेको पाइन्छ । जब हाम्रो समाजमा एउटा छोरी हुन्छ त्यति खेर सानो भोज भतेर गर्छौ । यदि लगातार अर्को छोरी भयो भने भोज भतेर छोरेर भाग्यलाई दोष दिने गरिन्छ । यदि तेस्रो बच्चा गर्भमा भयो भने डाक्टर कहाँ गएर जचाउने गर्छौ । यदि छोरा छ भने ठिकै छ । तर यदि छोरी छ भने जुन आमाको गर्भमा बच्चा हुन्छ, त्यही आमाले बच्चालाई गर्भपतन गर्नको लागि आफ्नो बुढालाई दबाब दिने गर्छ । आमाले दबाब दिन पनि मजबुरी हुन्छ ।
धेरै छोरी पाउने आमालाई धेरै विभेद हुने गर्छ । धेरै छोरीलाई जन्म दिने आमालाई घर, परिवार र समाजले विभिन प्रकारको गाली दिन थाल्छ । छोरा पाउनको लागि बुढाले अर्को बिहे गर्छ कि जस्तो डर त्रास हुने गर्छ । यदि एउटा बुढीबाट छोरा पाउन सकेन भने छोरा पाउनकै लागि अर्को बिहे गर्ने चल्न अहिले पनि मधेशमा छ । छोराप्रतिको चाहनाले गर्दा छोरीहरूको मृत्यु गर्भमा हुने गर्दछ । त्यही भएर गर्दा हाम्रो देशमा पुरूष भन्दा महिलाको जनसंख्या धेरै छ । जुन आमा बुवाले आफ्नो सन्तानलाई धेरै माया गर्ने गर्छ । मधेशमा छोरीलाई गर्भमा मार्ने निर्णय गर्छ भने छोराको लागि विभिन प्रार्थना गरी विभिज्न प्रकारको राम्रो खान खाने गरिन्छ । जुन आमा बुवाले छोरीलाई संसार देखाउनका लागि जन्म दिने हो, त्यसले नै छोरीको हत्यारा बन्छ अनी ककसरी छोरा छोरी प्रति समान व्यवहार गर्छ ? त्यही आमा बुवाले गर्भमा छोराछोरीबीच विभेद गर्छ भने कसरी छोरीहरू स्वतन्त्र रूपमा अगाडि बढ्छ ।
जीवनमा केही गर्नको लागि नभई नहुने हो । हाम्रो देशमा शिक्षामा पनि छोरा छोरी प्रति विभेद हुने गर्छ । मधेशमा छोरी छोराको शिक्षा प्रति ठूलो विभेद देखिन्छ । छोरा छ भने उसलाई राम्रो महगो स्कूलमा पठाउने तर छोरीलाई एउटा सरकारी स्कूलमा पठाउने आमा बुवाहरू धेरै नै छन् । यदी छोरा स्कूलबाट पढेर आयो भने उ सँग धेरै मायाले आमा बुवा प्रस्तुत हुन्छन् । स्कूलबाट छोराले कुनै घरकार्य ( पाएको होकी ? छोरालाई खाजा खुवाई उसले स्कूलबाट पाएको घरकार्य सकाउनका लागि भन्छौ । तर छोरी पढेर आएपछि उसलाई एउटा नोकर जस्तो व्यवहार गर्छौ । छोरी स्कूलबाट पढेर आयो भने एक चोटि पनि सोधिदैन तिमीले केही घरकार्य पाएकी छौ ? बरू उसलाई भन्ने गरिन्छ तिमी खाजा खाउ अनी गएर खेतबाट घास, दौरा लिएर आउ । एउटा छोराले स्कूलको घरकार्य गर्नको लागि २ घण्टा पाउछन भने छोरीले घरको काम गर्न्को लागि घास दौरा ल्याउनका लागि २ घण्टा समय लगाउँ छिन् ।
जब साँझ पर्छ त्यस पछि छोराले किताब लिएर बस्छन भने वा मन लागेन भने गएर साथीहरू सँग घुम्न वा खेल्न जान्छ । तर छोरीले आफ्नो परिवारको लागि खाना पकाउँछिन् । खाना पकाएर मात्र कहाँ हुन्छ, आफ्नो परिवारको सम्पूर्ण सदस्यहरूलाई खाना दिनु पर्ने हुन्छ । सबै जनाले खाना खाइ सके पछि छोरीले खाना खानु पर्ने मधेशमा चलन छ । सम्पूर्ण व्यक्तिले खाएको भाडा मस्काइ, खाना पकाएको चुलो सफा गरेर मात्र छोरी सुत्नको लागि समय पाउँछ । एउटा छोरीले दिन भर गरेको कामको थकाईले कसरी आफ्नो स्कुलको घरकार्य गर्न सक्छिन् । हाम्रो मधेश समुदायमा बिहानको सुरूवात सँगै छोरा छोरीबीचको विभेद पनि सुरू हुने गरिन्छ ।
बिहान हुने बितिकै एउटा छोराले पढनको लागि समय पाउँछन भने छोरीले सम्पूर्ण परिवारका लागि चिया पकाउने , खाना पकाउने गरिन्छ । खाना पकाइ सकेपछि खाना खाएर स्कुल जाने गरिन्छ । जब मधेशमा बस्ने आमा बुवा लगायत अभिभावकले आफ्नो छोराको लागि राम्रो पढ्ने वातावरण बनाउँन छन भने छोरीलाई दिनभरी काममा लगाउनेले कसरी छोराछोरीबीच समान व्यवहार गरेको छ ? जीवनको लागि चाहिने शिक्षामा विभेद गर्छ भने कसरी एउटी छोरीले जीवनमा अगाडि बढछ ?
स्कुल शिक्षा पास गरेर उच्च शिक्षा प्राप्त गर्ने मधेशमा जन्म लिने भाग्यमानी छोरी हुनु पर्छ । किनभने स्कुल पढदा पढदै ८० प्रतिशत केटीको बिहे भइसकेको हुन्छ । प्लस २ पढ्ने मधेशको १० प्रतिशत केटीहरू मुश्किलले पाइन्छ । यदि गाउँको नजिकमा कुनै क्याम्पस छ भने मात्र ंपढ्न पाउँछिन् । किनभने हाम्रो मधेशमा बस्ने अभिभावक आफ्नो छोरीलाई अर्को गाउँ, शहरमा पठाएर पढाउनका लागि मान्दैन ।
प्लस २ पढ्ने क्रममा कुनै केटी भागी बिहे गरयो भने त्यो गाउमा पढ्ने सम्पूर्ण केटीका लागि केटा खोज्ने काम सुरू हुन्छ । त्यो गाउँको ९० प्रतिशत केटीको बिहे अभिभावकले गरिदिन्छ । मधेशमा केटी भागी बिहे गरयो भने आमा बुवा र त्यो गाउँको इज्जत जान्छ । समाजमा आफ्नो टाउको उठाएर हिंडन सक्दैन । त्यो भएर केटी भागी बिहे गरे पछि तिनीहरूको आमाबुवाले कहिले पनि अपनाउदैन, आफ्नो सन्तान मान्दैन, कतिपयले आफ्नो सरकारी शक्ति प्रयोग गरेर आफ्नो सन्तान भएको कुनै पनि साबुत राख्दैन ।
समय धेरै परिवर्तन भयो तर महिलाप्रतिको सोचाइ र व्यहवार अहिले पनि परिवर्तन भएको पाईदैन । हिजो पनि महिलाहरूलाई डराई, धमकाइ राखिन्थ्यो । आज पनि मधेशमा महिलाहरूलाई डराई धमकाइ राखिन्छ । (मधेश दर्पण फिचर सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here