रौतहटको कटहरिया बजार एरिया बिस्तार हुने

स्मार्टसिटीको परिकल्पना अनुसार कटहरिया बजार बिस्तार हुँदै
संजय मिश्रा
रौतहट ३० कार्तिक ।
रौतहट । लामोसमय देखी सांँघुरीदैगएको रौतहटको कटहरिया बजारको एरिया अब बिस्तार हुनेभएको देखिएको छ ।
साबीक हाटबजार लाग्ने स्थान भन्दा पुर्व तथा कटहरिया गाँउभन्दा दक्षिणीपटीको खालीरहेको एरियामा बजार बिस्तार हुने देखिएको छ ।
पुर्वमन्त्री तथा क्षेत्र ३ का संघिय सांसद प्रभु साह र बजार भन्दा पुर्वपटी जग्गा रहेका जग्गाधनी संगको सहकार्यमा सो क्षेत्रमा बसोबासका लागी पुर्वाधार निर्माण गरीने निर्णय भएको छ ।
कटहरिया बजारको विकासको निमित बजारक्षेत्रको बिस्तार आवशयक रहेको महसुस गरी सांसद साहले सो क्षेत्रका जग्गाधनीलाई आआफनो जग्गामा पल्टींग गरेर मुलसडकमा कच्ची बाटो निकाल्न आग्रह गर्नुभयो ।
कटहरिया स्थित सर्वपक्षिय बैठकमा सांसद साहले स्मार्ट सिटीको अवधारणा अनुरुप बजार बिस्तारको प्रस्ताव राखेपछी जग्गाधनीहरु सहमत भएका थिए ।
कच्चीबाटो लाई नालासहीत पक्की बाटो,बिधुत,लगायतका सुबिधा आफुले गर्ने सांसद प्रभु साहले बताएपछी सबै जग्गाधनी आआफनो जग्गामा आवशयक्ता अनुसार बाटो निकाल्न तयार रहेको एकजना जग्गाधनी बिजय साह सोनारले बताए ।
बाटो नभएको कारण खेतजस्तो रहेको उक्त जग्गाको हालको मुल्य प्रतिकठा मात्र दुई अढाईलाख हुने र पक्की बाटो निर्माण पछी सोही जग्गाको मुल्य प्रतिकठा ८।१०लाख हुने भएकाले सबै जग्गाधनी बाटो निकाल्न र पल्टींग गर्न तयार भएका छन ।
नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले स्मार्ट बजार बनाउन मानिसको सोँच पनी स्मार्ट हुनुपर्ने जिकिर गर्दै बाटोको ट्क मात्रै खुलेमा यसै आर्थिक बर्षभित्र कटहरिया बजारक्षेत्र बिस्तारका लागी १० किलोमिटर सम्म बाटो कालोपत्रे गर्ने योजना रहेको बताउनु भयो ।
रौतहट संसदिय निर्वाचन क्षेत्र ३ मा सांसद प्रभु साह निर्वाचित भएदेखी क्षेत्र अन्तरगत
दर्जनौ नयासडक निर्माण हुनुका साथै दर्जनौ सानासडक फराकिलो भई पक्की तथा कालोपत्रे निर्माण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here