धर्मको नारा लगाउने किरण साहको राजनिति धरापमा पर्ने–मोहन मेहता

रौतहट १ मंसिर
पछिल्लो केहि समय यताहिन्दु मुस्लिमधर्म प्रतिविभेद र्सिजना गरी राजनिति रोटि सेक्दै आएका समाजवादिफोरमका नेताकिरण साहको राजनिति कैरियर धरापमा पर्ने नेकपाका ईशनाथनगरपालिकाकानगर अध्यक्षमोहन मेहताले ठोकुवा गरेका छन् । केहि समय यता रौतहट जिल्लाको क्षेत्र नं. २ मासाहको भुमिकाएकहोरो रहेको आरोप लगाउदै साहले देखाएको गतिविधिले वहाँमुस्लिमविरोधि रहेको मेहताले बताएका छन् । अनेकौं जातधर्मको साझाफुलवारी रहेको नेपालमाकुनै विषेश धर्मको नारा लगाउने राजनितिज्ञ अथवा पार्टिलाई कुनै धर्मकाजनताले नरुचाउने वहाँको तर्क रहेको थियो । नेकपा पार्टिले ईशनाथनगरपालिकामानगर अध्यक्षको जिम्मेवारी मेहताको काँधमा सुम्पे पश्चात संगठन विस्तारमा सक्रियभुमिकानिर्वाह गर्दै आएका मेहताअहिले सो नगरपालिकाको विभिन्न वडाहरुमा वडा कमिटि गठन लगायतविकास बारे चासो राख्दै स्थानिय नेतातथाकार्यकर्ता भेटघाटमा व्यस्त छन् । सोहि क्रममानगर भ्रमणको क्रममा भेट हुने स्थानियहरुमा समाजवादि नेताकिरण साहप्रति कडा आक्रोस रहेको मेहता बताउछन् । आगामीदिनमा पार्टिले आफुलाई जिम्मेवारी दिएआफु किरण साहलाई हरेकापाईलामा टक्कर दिने मेहताले दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here