गौर स्मार्ट सिटी योजनामा नयाँ कार्य आरभ्म

रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका तथा तिनलाई जोडने नगरपालिकाहरु समेटी निर्माण भई रहेको स्मार्ट सिटी योजनामा आजबाट नयाँ कार्य आरभ्म भएको छ ।
विभिन्न चरणका कार्यहरु पुरा भएका विभिन्न ठाउँहरु मध्ये गौर स्मार्ट सिटी योजना अन्तर्गत आजबाट राजदेवी नगरपालिका र गौर नगरपालिका जोडने मुडबला गेटबाट स्पाइस कन्क्रिटको कार्य आरम्भ गरिएको छ। मुडबलवा गेट देखि राजदेवी नगरपालिकाको कार्यालय सम्म स्मार्टसिटी योजना अन्र्तगत सबै चरणको कार्य सम्पन्न भएकाले गेटबाट नै पहिलो चरणमा स्पाइस कन्क्रिटको कार्य आरम्भ गरिएको निर्माण कार्यको जिम्मेवारी पाएका आश्रय निर्माण सेवाका प्रोजेक्ट मैनेजर अजय कुमार गुप्ताले जानकारी गराए। प्रोजेक्ट मैनेजर गुप्ताले यस परियोजना अन्र्तग अन्य कार्यहरु समेत धमाधम भई रहेको खाली रहेका सबै ठाउहरुमा बाटो निर्माण तथा नाला एवम अन्य निर्माण गर्नु पर्ने कार्यहरु समेत गरिरहेको जानकारी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here