कनकपुरमा गढीमाई मेलाको चहलपहल

पाँच बर्षमा लाग्ने गढीमाई मेला रौतहट गुजरा नगरपालिका वार्ड न.४ कनकपुर मा मेलामा करिब लाखो भन्दा बढी भतmजनहरु आउने अनुमान रहेको मेला समितिका अध्यक्ष भुपेन्द्र कुशवाहाले जानकारी दिनुभयो । मेलाको तिब्र तयारी भईरहेको कुशवाहाले भन्नुभयो । बिजुलीबती, खानेपानी, सुलभ शौचालय निर्माण लगायतका कामहरु पनि तिब्ररुपमा भईरहेको छ । मेलामा भतmजनहरुको सुरक्षाका लागि करिब १ हजार भन्दा बढी स्व्म्सेवक परिचालन गर्ने तयारी रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष जवाहर यादव जानकारी दिनुभयो । मेला आसपासमा समेत रक्सी बिक्री बितरणमा रोक लगाईएको छ । मेलामा सिसी क्यामरा जडान गर्ने योजना मेला समितिको रहेको छ । पाँच बर्षमा लाग्ने रौतहट गुजरा नगरपालिका वार्ड न.४ कनकपुर मा गढीमाई मेलामा चहलपहल बढन थालेका छन् । मनोरंजनका लागि खेलतमसा, ठाँउ ठाँउहरुमा होटलहरु खोल्ने देखि लिएर, व्यापार गर्नहरुले अ आफनो समानहरु राख्ने मेसो मिलाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here