मानव अधिकारको अवस्था सुदृढ हुनुपर्ने मानव अधिकार संगठन रौतहटका सभापति रुद्रनारायण झाको कामना

रौतहट । नेपाल मानव अधिकार संगठन रौतहटका सभापति रुद्रनारायण झाले देशमा मानव अधिकारको अवस्था सुदृढ हुनुपर्ने कामना सहित शुभकामना व्यक्त गर्नुभएको छ ।
७१औ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सभापति झा ले एक व्यक्त प्रकाशित गरी संविधानले आम नागरिकलाइ दिएको मानव अधिकार सुनिश्चिता तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
सभापति झाले मानव अधिकार रक्षाका लागि सकृय रुपले योगदान गर्ने सबैलाइ धन्यवाद दिनुभयो ।उहा“ले मानव अधिकारको सम्मान ,संरक्षण ,तथा प्रभावकारी कार्यानपयनको सुनिश्चता नेपालको संविधानमा प्रष्ट रहेको भन्दै सभापति झाले मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशिल रहेको प्रतिखुशी व्यक्त गर्नुभयो ।
सभापति झाले दिवसले सम्बद्ध पक्ष र निकायलाइ मानव अधिकारको मर्म र भावनालाइ आत्मसात गर्दै मानव जातिका अधिकार प्रत्याभूति गर्न सबैलाइ सफलताका साथै यस क्षेत्रमा काम गर्न थप उर्जा र प्रेरणा मिलोस कामना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here