जनमत पार्टीको मधेश नेतृत्व पुञ्जको राष्ट्रिय समयोजकमा ललित मल्लिक सानु

रौतहट । मधेशी जनअधिकारको लागि आफ्नो जिवन समर्पित गरेको मधेशी योद्धको रुपमा परिचित रौतहट निवासी ललित मल्लिक सानु मधेश नेतृत्व पुञ्जको राष्ट्रिय समयोजक बन्नु भएको छ ।
विगतमा मधेशी जनअधिकारको लडाईमा नेतृत्व वा योग्दान गरेको नेता कार्यक्रतालाई एक ठाउँमा गोल्बन्द गरि उनिहरुको योग्दानलाई सम्मानको लागि सिके राउत नेतृत्वमा रहेको जनतमत पार्टीले गठन गरेको मधेश नेतृत्व पुञ्जको सम्योजकमा मल्लिकलाई बरिष्ट नेतृत्व मण्डलले सर्वसहमीतबाट चयन गरेका छन् ।
रौतहट जिल्लाको राजपुर तुल्सी निवासी रहेका ललित मल्लिक सानु, मधेशी जनअधिकारको लागि २०६३ सालको मधेशी आन्दोनबाट जन्मेका एक मधेशी योद्धको रुपमा अगाडी बढीदै आएका छन् । तत्कालिन मधेशी जनअधिकार फोरमले घोषणा गरेको प्रथम मधेश आन्दोलनमा तत्कालिन मधेशी विद्यार्थी फन्टको नेतृत्व गरि आन्दोलन सफल बनाउने अहम योग्दान गरेका थिए ।
विभिन्न राजनिति उतार चढावमा संयोजक सानु तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट छुटटीएका तत्कालिन मधेशी जनअधिकार फोरम गणतान्त्रीक हुदै जयप्रकाश गुप्ताको नेतृत्वमा गठीत तराई मधेशी राष्ट्रिय अभियानमा सक्रिय भई देश विदेशमा समेत आफ्नो प्रभाव जमाउन र मधेशी अधिकारको लागि सघर्षरत रहेका थिए ।
पछिल्लो समय जेपी गुप्ताको राजनिति उतार चढावले तमरा अभियान ओझेलमा परेको अवस्थामा संयोजक सानुलाई जनमत पार्टीका नेतृत्व सिके राउत संगको भेट पछि फेरी अर्को मोड लिएको सानुले बताएका छन् ।
राजनिति शुरुआत संगै मधेशको कुशल र क्षम्तावान वक्ता रुपमा परिचित रहेको संयोजक सानुको जनमत पार्टीमा प्रवेशले पार्टीको दोश्रो दर्जाको नेतृत्वको कमान सम्महाल सक्ने देखिन्छ । जनमत पार्टीमा दोश्रो दर्जाको नेतृत्वको अभाव रहेको अवस्थामा सानुको प्रवेशले मधेशीमा पार्टीको संगठनात्मक रुपमा सफल हुनसक्ने अनुमान गरिएको छ । सानुकाे प्रवेश संगै जनमत पार्टीको चहलपहल बढेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here