श्री शिव शक्ति महायज्ञ एवं संगीतमय श्री रामकथा ज्ञान महायज्ञ माघ २३ गते देखी हुने

रौतहट जिल्ला कै इतिहास मैं पहिलो पटक हुन गई रहेको श्री शिव शक्ति महायज्ञ एवं संगीतमय श्री रामकथा ज्ञान महायज्ञ माघ २३ गते देखी रौतहट जिल्लाको राजदेवी नगरपालिका बड़ा नं.९ ब्रम्हपुरीमा हुने भएको छ।

विश्वमा सुख,शान्ति र समृद्धिको लागी हुने महायज्ञमा मित्र राष्ट्र भारत उत्तर प्रदेश राज्यको बनारस स्थित विद्ववान आचार्यहरु,अयोध्याको चर्चित कथा वाचक र आफ्नै देशको प्रसिद्ध धार्मिक आचार्यहरु समेत सहभागी हुने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष एंव सामाजिक अभियन्ता नबीन कुमार सिंहले बताए।

नेपाल सरकारको २०२० पर्यटन वर्ष सफलताको लागी धार्मिक मेला लगाई अत्याधिक बिदेशी भक्तजन नेपाल आउने वातावरण बनोस भनी यो महायज्ञ एउटा कड़ी साबित हुने सिंहले बताए ।

महायज्ञको तीब्र रुपमा तैयारी भई रहेको र यसलाई ऐतिहासिक,भब्य र सभय बनाउन आफुहरु जस्तो सुकै भूमिका निर्वाह गर्न तत्पर रहेको राजदेवी नगरपालिकाबासी बताउँछन।

राजदेवी नगरपालिका प्रमुख एंव मेयर धीरेन्द्र कुमार सिंहले भने महायज्ञ यस नगर क्षेत्र भित्र हुनु आफैमा ऐतिहासिक कार्य हो र यस लाई सफल पॉर्न नगरपालिकाको अभिभावकीय भूमिका हुने तथा भक्तजनलाई कुनै किसिमको समस्या हुन नदिने उनले बताए। साथै महायज्ञ सफल बनाउन सम्पूर्ण शक्तिहरु परिचालन गर्ने बताए। महायज्ञ आयोजनाले सींगो रौतहटवासी उत्साहित रहेको नागरिक अगुवाहरु बताउँछन।

बागमती नदी किनारमा हुने महायज्ञमा निशुल्क भोजन, स्वास्थ्य शिविर,सुरक्षा हिसाबले सीसी क्यामरा जड़ान,स्वेमसेवक परिचालन,लाइभ टेलीकास्ट समेत हुने आयोजक समितिका अध्यक्ष नबीन कुमार सिंहले बताए।महायज्ञमा माघ २३ शोभा यात्रा,२४ गते यज्ञ आरम्भ र फाल्गुन ४ गते सम्म समापन।

साथै दैनिक रुपमा बागमती किनारमा गांगा महाआरती र अखण्ड राम धुन,रामलीला संचालन हुने वीरगंजमा संचारकर्मीहरु संग सिंहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here