ईशनाथ नपा परिसर भित्रको बम सेनाद्धारा डिष्पोज, नगरप्रमुखद्धारा दोषीमाथि कार्यवाहीको माँँग

रौतहट, ९ पौष ।
रौतहटको ईशनाथ नगरपालिका कार्यालय परिसर भित्र राखिएको बम नेपाली सेनाले डिष्पोज गरेको छ। ईशनाथ नगरपालिकाको कार्यालय वडा नं. ३ औरैयामा राखिएको उक्त बम प्रेसर कुकुर बम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
बुधबार बिहान करिब ७ बजेको समयमा शंकास्पद बस्तु भेटिए पछि बम भइको आशंका गरिएको थियो ।
नेपाली सेनाको ईन्द्र बक्स गण पुरेनवाको टोलिले बम डिष्पोज गरेका हुन् । बम कस्ले र के कारणले राखेको हो सो बारे अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यसअघि पनि रौतहटको सोही नगरपालिकाको मठिआ अस्थायी प्रहरी चौकीमा अज्ञात व्यक्तिले बम फालेको थिए भने राजपुर नगरपालिकाको एक ईटा भट्टामा बम राखेको थियो ।
यसै बम डिस्पोज पछि मानवीय र भौतिक क्षतिहुनबाट जोगाउने सम्र्पुण सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई नगरप्रमुख सन्तोष कुमार मेहताले विज्ञप्ती मार्फत हार्दिक धन्यवाद दिदैं यस्ता घृणित कार्य गर्नेमाथि कडा भन्दा कडा कार्यवाहीको माँग गरेका छन् ।
नगर प्रमुख मेहताले निर्वाचित सबै जनप्रतिनिधी तथा कार्यालयका सबै कर्मचारीहरुको जिउधनको सुरक्षाको व्यवस्था मिलाउन समेत स्थानिय प्रशासनलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here