रौतहट । किशोरी शिक्षाको योजना तर्जुमा तथा प्रवर्धनमा स्थानीय तहको भूमिका विषय कार्यशाला गोष्ठी आईतवार सम्पन भएको छ । पिपुल ईन निडको सहयोगमा तथा आसमान नेपालको आयोजनामा आरम्भ परियोजना अन्र्तगत यमुनामाई गा.पा.का अध्यक्ष श्री प्रसाद मुखिया को अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा विषयगत प्रमुख, वडा अध्यक्ष, पिपुल ईन निडका प्रतिनिधि आसमान नेपालका कार्यक्रम प्रबन्धक तथा बेटी बचाउ बेटी पढाउ कार्यक्रम जिल्ला संयोजक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा किशोरी शिक्षाको योजना तर्जुमा तथा प्रवर्धनमा स्थानीय तहका भूमिका विषय उदेश्य वारे सहजकर्ता जितेन्द्र यादवले प्रकाश पार्न भएको थियो ।