प्रादेशिक बाल सहभागिताको कार्य ढाँचा माथि छलफल

कलैया । प्रादेशिक बाल सहभागिताको कार्य ढाँचाको मस्यौदा तयार पारी बालबालिकाहरुले प्रदेश नं २ का सामाजिक बिकास मन्त्रालयका राज्य मन्त्रि अभिराम शर्मालाई हस्तान्रण गरिएको छ ।


बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम–नेपालको आयोजना तथा सामाजिक बिकास मन्त्रालयको समन्वय र सेभ द चिल्ड्रेनको सहयोग तथा संरक्षण नेपाल, जन सेवा नेपालको संयुतm सहकार्यमा संचालित प्रादेशिक बाल सहभागिताको कार्य ढाँचा सम्बन्धि छलपmल कार्यक्रममा मस्यौदामा छलफल गरिएको थियो ।
संवैधानिक तथा कानूनी व्यवस्था, बाल नीतिको कार्यान्वयन गर्न, बाल सहभागिता सुनिश्चित गर्न टेवा पुग्ने उद्देश्यले कार्यविधि बनाउनुपरेको बताइन्
संबैधानिक तथा कानुनू ब्यवस्था, बाल नितिको कार्यान्वयन गर्न बाल सहभागीता सुनिश्चित गर्न यो मस्यौदाले सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि मन्त्रि शर्माले भन्नु भयो ।


उहाँले बालबालिकाको नेतृत्वमा तयार पारिएको कार्य ढाँचा माथि छलफल गरी छिटै नै मन्त्रि परिषदबाट निर्णय गराई कायान्वयमा ल्याउने मन्त्रि शर्माले भन्नु भयो ।
उतm प्रादेशिक बाल सहभागिताको कार्य ढाँचा आए पछि प्रदेश तथा स्थानिय तहमा हुने कार्यहरुमा बाल बालिकाहरुको सहमागीतामा सुनिश्चिता हुनेमा जोड दिनु भयो ।
सो कार्यदाँचा लागु भएमा परिवार तहदेखि समाजहुँदै नीति निर्माणको तह र संविधानसम्म बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउनेमा सहयोग पुगने उहाले बताउनु भयो ।
त्यसै गरी कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापा, गैसस महासंघ प्रदेश नं २ का अध्यक्ष धिरेन्द्र बहादुर सिंह, संस्थाका रामचन्द्र साह, ज्योती तिवारी, प्रभु मण्डल, बाल कल्बका मासुम चौधरी, मिरा राम लगातकाले मन्तब्य राखेका थिए ।
उतm कार्यक्रम कन्सोर्टियम नेपालका प्रदेश न. २ का संयोजक भाग्यनारायण महतोको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजिकरण बिष्णु खत्री, दिपक ब्सयालले गरिएको थियो भन्ने संचालन संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले गर्नु भएको थियो । सो कार्यक्रममा प्रदेश न. २ का आठ जिल्लाका बालबालिका, गैसस, कर्मचारीहरु गरी ३५ जनाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here