रौतहट । प्रदेश नं. २ सरकारका कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेर्ने तछाड मछाडले बिकास प्रभाबित भएको बताएका छन । रौतहटको गरुडा नगरपालिकाको चौथो नगर सभाको उदघाटन गदै राज्यमन्त्री यादबले यस्तो बताएका हुन । नगर प्रमुख र उप प्रमुखले आजैबाट प्रमुख प्रशासकीय अधिकृत फेर्न काम बन्द गर्नु पर्ने मन्त्री यादबको धारणा थियो । नगरपालिका तथा गाउँपालिकामा हाकिम फेर्ने रबैयाले बिकास हुन नसकेको बताउँदै मन्त्री यादबले कर्मचारीलाई काम गर्ने बाताबरण मिलाएर स्थानीय तहको बिकासको मुल फुटाउन नगर प्रमुख र उप प्रमुखलाई सुझाब दिएका थिए । नगर प्रमुख र उप प्रमुखको बिवादले गर्दा पनि बिकास प्रभाबित बनेको राज्य मन्त्री यादबले बताए । नगर प्रमुख र उप प्रमुखले स्वार्थको योजना बन्द गरेर बिकासका योजना ल्याएर हक र अधिकार माग्नु पर्ने राज्यमन्त्री यादबले धारणा राखेका थिए । यसैबिच रौतहटको गरुडा नगरपालिकाका चौथो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख इन्नु राय यादबको अध्यक्षतामा सम्पन्न नगर सभाले बिभिन्न योजनाहरुको अनुमोदन गदै नगर सभा सम्पन्न गरेको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी दिएका छन ।
Home मुख्य समाचार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेर्ने तछाड मछाडले बिकास प्रभाबित -योगेन्द्र यादब