चन्द्रनिगाहपुरका ठेला मजदुरलाई ब्यापारीको राहत

अशोक पहाडी
रौतहट,३० चैत ।
रौतहटको चन्द्रनिगाहपुरमा ठेला चलाउने मजदुरलाई स्थानीय ब्यापारीले राहत उपलब्ध गराएका छन् । चन्द्रपनगाहपुरमा ठेला चलाएर जिवीका चलाउदै आएका मजदुरले केही दिन देखी काम नपाएर भोकै बस्नु परेको अवस्थामा स्थानीय ब्यापारीले चामल,दाल,चिनी लगाएत आठ प्रकारका समाग्री राहत स्वरुप दिएको स्थानीय ब्यापारी राजेन्द्र तिवारीले जानकारी दिएका छन् । चन्द्रनिगाहपुरमा ठेला चलाएर जिवीका चलाउदै आएका ९ जना मजदुराई स्थानीय ब्यापारीले रकम संकलन गरेर राहत दिएको अर्का ब्यापारी शिवजी कलवारले जानकारी दिएका छन् । कोरोनाको महामारीका बिच ठेला मजदुरको घरमा चुलो बल्छ छाडेपछि स्थानीय ९ जना ब्यपारीले ९ जना ठेला मजदुरलाई राहत उपलब्ध गराएका हुन । एकजना लाई चामल ३० किलो ,दाल २ किलो ,नुन १ प्याकेट, तेल १ प्याकेट, चिनि १ किलो, चियापत्ति १ प्याकेटका दरले प्रदान गरिएको हो ।
स्थानीय ब्यपारी राजु तिवारी, मोहन बस्नेत, बिष्णु न्यौपाने, दिनेश पोखरेल ,शिवजी कलवार, योग प्रसाद पन्त श्याम सिँहले २३ सय ९१ रुपैयाका दरले पैसा संकलन गरेर राहत दिएका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here