पुरन रौनियार
जनकपुरधाम । नेपाल स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले कोरोना परिक्षण र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रयोगशाला प्रमुख रुना झालाई विश्वमै पाँच महिलामा पारिएपछि उनी धेरै खुसी छन् । तर यस सफलतामा भने हाकिम रहेकी झाको प्रयोगशाला भित्रका निडर भइ दिनरात परिक्षण गर्ने टिमको अहम भुमिका रहको छ । उनका परिक्षण टिम पनि अहिले उतिकै खुसी र गौरबान्वित भएको छ । एसपी खवरले मधेशकी छोरी झा प्रमुख रहेकी प्रयोगशाला सफलताको आधार मानिएको कोरोना परिक्षणको काममा अहोरात खटनेहरुका बारेमा बुझदा मधेशकै छोरा अर्का पात्र डा. रञ्जित साहले नै टिमको अगुवाई गरिरहेको पाइएको छ ।
प्रस्तुत माथिल्लो तस्वीर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल अन्तर्गतको कोरोना भाइरस कोभिड १९ परिक्षण गर्ने निकाय नेशनल इन्फलुएन्जा सेन्टरको कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, परिक्षण टोलीको टिम लिडर डा. रञ्जित साह (सरुवा रोग विशेषज्ञ) को हो । डा. साह उही डाक्टर हुन जो नेपालमा कोरोनाको आंशकामा सुरुमै चिनवाट विमानमा ल्याएका नेपालीहरुको परिक्षण टिमको अगुवाई गरे । त्यसवेला परिक्षणका लागि कोहि पनि अगाडि बढन हिम्मत नगरिरहेका वेला बनाइएको एक टिमको सदस्य भएर अगुवाई गर्दै उनले निडर भएर सवैको परिक्षण गरे र सुरक्षित घर पठाए ।
डा. रञ्जित मधेशकै छोरा हुन । प्रदेश २ सिरहाको कल्याणपुर नगरपालिकाका वडा नं. ११ बस्ने पिता चन्द्रभुषण प्रसाद साह र माता सीता देवी साहको दुईछोरा र एक छोरी मध्ये माइला सन्तानका रुपमा अगस्त २९, १९८८ मा जन्मेका डा. रञ्जित करिव सात महिना भन्दा बढी देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेशनल इन्फलुएन्जा सेन्टरमा कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, टिम लिडरको रुपमा कार्यरत छन् । जेठादाई बालरोग विशेषज्ञ र कान्छी वहिनी पनि नेपालमै चिकित्सकिय पेशामै रहेको बताउदै डा. साह भन्नुहुन्छ, ‘सुरुमा मेरो काम जोखिमपुर्ण भएकाले मलाई केहि भएको खण्डा कम्तिमा एकजना दाई घरमा आवयश्क छ भन्ने लागरे दाईलाई काम छोडन लगाएर घर पठाइदिएको छु, तर भगवानको कृपा, अहिले सम्म म पनि सुरक्षित छु ।’
बंगलादेशवाट एमबिबिएस अध्यन्न गरेका डा. साह नेपालको महराजगंज शिक्षण अस्पतालवाट माइक्रोबाइलोजी विषयमा एमडी गरेका छन । त्यसपछि भारतको दिल्ली गुरगाँउ स्थित मेदान्त द मेडिसिटी शिक्षण अस्पतालमा सरुवा रोग विषयमा फेलोशिप गरेको डा. साह अहिले विश्वकै उत्कृष्ट मानिने अमेरिका स्थित हारभार्ड युनिभरसिटीमा सरुवा रोग विषयमै क्लिनिकल रिसर्च गरिरहेका छन् । एसपी खवरले बुझदा यस्ता रिसर्च गर्ने नेपालमा उनीसंगै चार पाँच जना मात्र छन् ।
जस्ले दैनिक रातराती करिव २ सय सम्मको परिक्षण गर्छन ।