पत्रकार गोविन्द चौलागाई मानवीय सेवामा व्यस्त

रौतहट । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई मानवीय सेवामा सक्रिय भएर लाग्नुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका संचारकर्मी लगायत नागरिकहरुलाई मानवीय सहयोग पुर्याउने कार्यमा चौलागाई लागिपर्नुभएको छ ।
पत्रकार चौलागाई लकडानबाट प्रभावित भएका संचारकर्मी तथा नागरिकहरुलाई राहत बितरण कार्यमा अहोरात्र खटिनुभएको छ ।


पत्रकार चौलागाईको नेतृत्वमा ५ जना संचारकर्मीहरु ४ वटा मोटरसाइकल र एउटा गाडीमा राहत बितरण कार्यमा दैनिक रुपमा परिचालित छन् ।
पत्रकार चौलागाई नेतृत्वको टोलिले काठमाडौं उपत्यका मात्र नभएर तराईका रौतहट, सर्लाही र बारा जिल्लामा क्रियाशिल संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री, मास्क, स्यानिटाइजर र ग्लोब्स बितरण गरेको छ । पत्रकार चौलागाई नेतृत्वको टोलिले रौतहटको मुसहर बस्तिमा लकडाउनको बीचमै यहि वैशाख ५ गते राती आएको हावाहुरीले घरका जस्ता उडाएको थियो भने लगातार परेको बर्षका कारण त्यसबाट सिर्जित रोगका कारण गोबरी माझीको निधन भएको थियो ।

उनको परिवारमा आमा अन्धो र श्रीमति अपांग भएका कारण साहै्र कष्टकर जीवन बनेको थाहा पाएपछि पत्रकार चौलागाई नेतृत्वको टोलिले १५ हजार रुपैंयाँ उनिहरुलाई उपलब्ध गराउनुभएको थियो ।त्यसैगरी पत्रकार चौलागाईको टिममै संलग्न समाजसेवी सञ्जय शाहले आफ्नो तर्फबाट छुट्टै ७ हजार रुपैंयाँ काजकिरिया खर्चका लागि भनेर सुतरियादेवी माँझीलाई उपलब्ध गराउनुभएको थियो ।
जिल्लास्थित संचारकर्मीहरुले यसरी दुःख पाएका नागरिकहरुको लागि सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराउन सकेमा यस्ता समस्याहरु स्थानीय तहबाटै समाधान भै नागरिकलाई सहयोग पुग्ने पत्रकार चौलागाईको भनाई छ । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईको नेतृत्वमा तराईका जिल्लामा गएको टोलिले रौतहटको गौरमा रहेको अनाथालयमा अनुगमन गरी अनाथालयमा रहेका बालबालिकाहरुलाई फलफुल बितरण गर्नुको साथै मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो ।
तराईमा राहत बितरण गर्न गएको पत्रकार चौलागाई नेतृत्वको टोलिले तराइमा क्रियाशिल संचारकर्मीहरुका समस्याहरुको सम्बन्धमा पनि छलफल गरेको थियो । संचारकर्मीहरुका समस्याको समाधानका लागि आफूले सक्दो पहल गरिरहेको पत्रकार चौलागाईको भनाई छ ।
वर्तमान संकटपूर्ण अवस्थामा सबैभन्दा अग्रस्थानमा फ्रन्टलाइनमा काम गर्ने संचारकर्मीहरु, स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु भएकोले आफू पनि बच्ने र अरुलाई पनि बचाउने गरी कार्य गर्नुपर्ने पत्रकार चौलागाई बताउनुहुन्छ ।


वर्तमान संकटपूर्ण अवस्थामा सबैभन्दा अग्रस्थानमा फ्रन्टलाइनमा काम गर्ने संचारकर्मीहरु भएकोले संचारकर्मीहरुले कार्य गर्दा विशेष ध्यानपूर्वक जोगिएर अरुलाई पनि जोगाउने गरी सचेत भएर कार्य गर्नुपर्ने पत्रकार चौलागाईको भनाई छ ।


पत्रकार चौलागाले काठमाडौंमा भएका दुःख पाएका रौतहटका सबै नागरिकहरुलाई आवश्यक सहयोग गरिरहेको पनि बताउनुभएको छ । संचारकर्मीरुको धर्म निर्वाह गर्नुको साथ साथै मानवीय सेवा भावले मानवीय कार्य गर्न पाउँदा गौरवको अनुभूति भएको पत्रकार चौलागाई लगायत चौलागाईको टिममा संलग्न संचारकर्मीहरुले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here