आरडिसी नेपालले चन्द्रपुर नगर पालिकालाई दिए स्वास्थ्य सामग्री

रौतहट । आरडिसी नेपालले चन्द्रपुर ६ मा रहेको क्वारेन्टाईको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अक्सफामको सहयोगमा आरडिसी नेपालले चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरी लाई एक समारोहका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । ठुलो परिणाममा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीले कोरोना भाईरसको संक्रमण फैलन नदिने र नियन्त्रणको लागि सहयोग पुग्ने बिश्वास लिइएको छ । स्वास्थ्य सामग्रीमा चस्मा, स्यानिटाईजर, हात धुने लिक्वीड, रुमाल, स्यानेटरी प्याड, ब्रश, मन्जन, नेलकटर, काईयो, बुट, टवाईलेट क्लिनर सहितका रहेको छ । आरडिसी नेपालका प्रोजेक्ट कोर्डिनेटर बिजय साह बानीयाले कोराना भाईरसको संक्रमण बाट जोगाउन सबैको कर्तब्य भएकाले आफनो संस्था बाट पनि स्वास्थ्य सामग्री प्रदान गरिदै आएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here