फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले लेखापाल नबिनकुमार यादवको मिलोमतोमा गरेको अनियमितता छानबिन हुने

संजय मिश्रा

रौतहट । स्थानिय फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले गरेको लाखौंरुपैया अनियमितता बारे छानबिन हुने भएको छ ।
सहसंयोजक पटेलले नगरपालिकाका लेखापाल नबिनकुमार यादवको मिलोमतोमा क्वारेन्टाईन संचालन,तालिम गोष्ठी तथा स्वास्य सामग्री खरीदको नाउमा गरेको लाखौंरुपैया अनियमितताको बिशेष समिति द्धारा छानबिन गरीने भएको हो।
फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादवले आईतवार कटहरिया एफएम द्धारा संचालित कार्यक्रम जनताको आवाजमा  कुरोगर्दै आफुले लेखापाल यादवलाई पटक पटक स्वास्थ सहसंयोजक पटेललाई पेश्की नदिनुु भन्दा भन्दै बदमासी गरेकाले बास्तबिक्ता छानबिन गर्नलागेको बताए ।
नगर स्तरमै जनप्रतिनिधी र कर्मचारी समेत गरी ३ सदसिय छानबिन टोली बनाएर स्वास्थमा भएको भ्रस्टाचारको छानबिन गर्नलागेको मेयर यादवले बताएका छन ।
समितिद्धारा छानबिनमा स्पस्ट नभएको नगरपालिकाको लेटरप्याडमा लेखापाल नविनकुमार यादव र स्वास्थ सह संयोजक प्रभु पटेलको बिरुद्धमा छानबिनको लागी अख्तियार दुरुपयोग अनुुसंधानमा लिखित उजुरीगर्ने मेयर गोपाल प्रसाद यादवले प्रतिवद्धता जनाएका छन ।
फतुवा बिजयपुर १० दुधिअवा क्वारेन्टाईन संचालनमा २५लाख, बालपोषणमा ८ लाख,तालिमको नाउमा ५लाख ९४ हजार, खोपकेन्द्र संचालनमा तिनलाख ८४ हजार,र मासिक बैठकभता बापत एकलाख ४५ हजारगरी कुल ४४ लाख २३ हजार रुपैया सहसंयोजक पटेलले पेस्की निकालेका छन ।
लेखापाल  यादव र सहसंयोजक पटेल बिच भागबण्डामा त्यत्रो ठुलो रकम निकासा भएको स्वास्थ संयोजक भागवत चौधरीले बताउदै आएका छन।
स्वास्थ संयोजक भागवत चौधरीले दुधिअवा क्वारेन्टाईमा बढीमा १० लाखरुपैया खर्च हुनसक्छ त्यस भन्दा बढी कुनैपनी हालतमा नहुने दाबी गरेका छन ।
लेखापाल यादव अषाढ मसान्तमा कार्यालयमा नबसेर चन्द्रनिगाहपुर बस्ने र उतै बसी बसी अन्य स्वास्थकर्मी लाई कुनै जानकारीनै नदिएर भागबण्डा गर्ने हिसाबले गोप्यरुपमा सहसंयोजक पटेललाई निकासा दिएको आरोप लगाए ।
नगरपालिकामा खोप,पोषण अथवा कुनै स्वास्थ सम्बन्धी तालिमको आयोजना भए आफु दक्ष प्रशिक्षक भएकाले पकै थाहा हुन्थ्यो तर सहसंयोजक पटेलले केही स्वास्थकर्मी लाई पैसा बाँडेर ५ लाख ९४ हजारको तालिम कागजमै सकाएको संयोेजक चौधरीले बताएका छन ।
संयोजक चौधरीले लेखापाल र सहसंयोजकको मिलोमतोमा मास्क,सेनिटाईजर,साबुन,ग्लोप्स,थर्मोगन,पिपिईसेट,क्वारेन्टाईमा प्रायोगहुने बिभिन्न सामग्री थोरे खरीद गरेपनी बढीको बिल पेस गरेर अनियमितता गरेको दाबी गर्दै नियमनकारी निकायले छानबिन गनुुैपर्ने संयोजक चौधरीले माग गर्दै आएका छन ।
कार्यक्रम जनताको आवाजमा फतुवा बिजयपुरका एकजना वडा प्रत्यासी शेख मोमिन आलमले सह संयोजक पटेल राजपुर नगरपालिकामा ठुलोरकम भ्रस्टाचार गर्नखोज्दा स्थानियहरुले दुब्र्यहार गरेपछी फिर्ता गरेकाले यहाँको जनता अब चुपलागेर नबस्ने चेतावनी दिएका छन ।
 नगर स्वास्थ सहसंयोजक प्रभु पटेलले आफुले कुनै किसिमको अनियमितता नगरेको बताउँदै आएका छन ।
सहसंयोजक पटेल यसअघि राजपुर नगरपालिकामा हुँदा कर्मचारीलाई मिलाएर त्यहाँ पनी ६० लाखरुपैया पेस्की लिएपछी ठुलो बिवाद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here