उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय यादव प्रमुख अतिथि तथा विशिष्ट अतिथि प्रदेश विकास समिति सभापति एवम् प्रदेश सांसद फुलबाबुको संयुक्त उपस्थितिमा गरुडा न.पा.(८बिर्ता टोलमा आज विशेष भव्य कार्यक्रमका बीच मुस्लिमहरुको प्रार्थना स्थल जाम्मे मस्जिद र हिन्दु समुदायहरुको ब्रह्म बाबा मन्दिरको एकैसाथ शिलान्यास गर्नु भएका छन ।
शिलान्यास भव्य कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ का उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय यादव , विशिष्ट अतिथि प्रदेश विकास समिति सभापति एवं प्रदेश सांसद शेख अबुल कलाम अजाद (फुलबाबु) अतिथि जसपा नेपालका केन्द्रिय सदस्य एवं सांसद प्रत्याशी कन्थमनी जसवाल, जसपा नेता शेख हकिम,जसपा युवा नेता राजकुमार दास, युवा अध्यक्ष कौशर खान मिथिला, अनिल राय यादव, गरुडा नपा वार्ड नं.८का वडा अध्यक्ष मोसहर आलम, वार्ड नं.९ का वाडा अध्यक्ष राजेश सहनी,पुर्व वडा अध्यक्ष हरिनारायण सहनी, जसपा वडा सदस्य शुसिला देवी, समाजसेवी शेख वोजैर, शेख सरवेश, हाजी मिरहुसैन, हाजी इसामहम्द, भैरो महरा, सुबलाल महरा, राजु साह, श्रीचन साह, राजिन्द्र साह, रामजी ठाकुर, जोगी दास लगायत रौतहटका विभिन्न ठाउबाट आउन भएका धर्म गुरु मौलाना, साधुशन्त महात्मा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी,जेष्ठ नागरिक, विभिन्न सर(संस्थानका कार्मचारी, संचारकर्मी पत्रकार र सैकडौं युवा विद्यार्थीहरुको भव्य उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएका छन ।