युवराज झा
गौर ।रौतहटको गौर कारागारमा क्षमता भन्दा तिनगुणा बढी कैदीबन्दी राख्नाले समस्या मmेल्नुपरेको अवस्था रहेको छ ।
जिल्लाको सदुमुकाम स्थित एक मात्र रहेको कारागार त्यो पनि वर्षौदेखि जिर्ण भवनमा क्षमता १२०जना कैदीबन्दी राख्ने क्षमता भएप्नि अहिले तिनगुणा भन्दी ३६७जना कैदीबन्दी राख्नाले समस्या मmेल्नु परेको हो ।
१९८९मा तत्कालिन कटरवनबाट गौरमा स्थापना भएको कारागारको भवन वर्षौदेखि जिर्ण रहेको तथा भवनमा क्षमता भन्दा बढी तिनगुणा कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।
कर्तव्य ज्यान ,लागुऔषध ,अपहरण तथा शरिर बन्धक ,सवारी ज्यान ,बलात्कार ,चोरी डकैती लगायत विभिन्न मुद्धाका कैदीबन्दीहरु जेल सजाय कारगारमा भुक्तान गरिरहेका छन ।
जसमध्ये १४जना महिला कैदी तथा पुरुषतर्फ ३५३जना कैदीबन्दीहरु रहेको जेलर शम्भु यादवले बताउनुभयो ।उहाँले महिला कैदीबन्दीतर्फ खासै समस्या नरहेपनि पुरुष कैदीबन्दीलाई राख्नुपर्ने समस्या रहेको जानकारी दिनुभयो ।
कारागारको अधिकांश भवन एवं पर्खाल जिर्ण अवस्थामा रहेको तथा एउटा भवनभित्र नयाँ भवन निर्माण गरिएपनि त्यसमा पनि स्थानको अभाव रहेकोले क्षमता भन्दा बढी कैदीबन्दीहरु राख्न चुनौती भएपनि बाध्यतावश राख्नै पर्ने अवस्था रहेको कारागारका जेलर यादवले बताउनुभयो ।दोश्रो तल्लाको माथि ट्रस्ट थपिएपछि अलि राहत भएको समेत उहॉले जानकारी दिनुभयो ।
मmण्डै ८७वर्ष पुरानो जिर्ण कारागारमा क्षमताबढी बैदीबन्दीहरु राख्नुपर्दा चुनौती रहेको र माथिल्लो निकायको आदेश अनुसार कैदीबन्दीहरु आउने क्रम जारी रहदा उनीहरुलाई पनि राख्नुपर्ने अवस्था रहेको जेलर यादवले बताउनुभयो ।
राणाकालिन पुरानो कारागार रहेको तथा कारागारको भवन निकै पुरानो एवं जिर्ण रहेको र कारागार कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन पनि जिर्णसगै केही भाग भत्केको जेलर यादवले जानकारी दिनुभयो ।
कारगारको जिर्ण भवनबारे माथिल्लो निकायमा जानकारी गराएको जेलर यादवले जानकारी दिदै जिर्ण भवन मर्मत तथा निर्माणकालागि पहल भैइरहेको समेत उहाँले बताउनुभयो ।