समता र समावेशी शिक्षा योजना तर्जुमा गोष्ठी सम्पन्न

युवराज झा

गाैर । युनिसेफ नेपाल तथा विश्व शिक्षाको आर्थिक सहयोगमा ग्रामिण विकास केन्द्रको आयोजनामा गौर नपा शिक्षा युवा तथा खेलकूद शाखाको सहकार्यमा २ दिने समता र समावेशी शिक्षा (कक्षा १-३)योजना तर्जुमा गोष्ठीको सम्पन्न भएकोछ ।

सो गोष्ठीको एक समारोहबीच सोमबार गौर नपाका उप प्रमुख किरणकुमारी ठाकुर उदघाटन गर्नु भयो । सो गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान बाट कार्यक्रमको महत्त्व बारे प्रकाश पार्नु भएको थियो।

सो अवसरमा वडाध्यक्षहरुको तर्फबाट वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर पटेलले नगरमा शिक्षाको विकासको लागि योजनाको रुपरेखा तयार पारी भावि योजना तयारगरि लागु गर्नु निकै स्रहानियकार्य रहेको बताउनु भयो।गौर नपा का सबै वडाअध्यक्षहरु , प्रधानाध्यापक., शिक्षक/महिला पुरुष, नगर शिक्षा समितीका पदाधिकारीहरु एवम् शिक्षा शाखाका कर्मचारीहरूको समेत गरि २५ जनाको उपस्थिति रहेको थियो। विश्व शिक्षाबाट शुसीलकुमार यादव तथा ग्रामीण विकास केन्द्रका कोषाध्यक्ष ममता झा, पत्रकार प्रेमचन्द्र झा,कामदेव यादव लगायत प्रशिक्षकहरुको पनि सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here