लैङ्गिकतामा आधारित हिंसा तथा कानुनी प्रावधान सम्बन्धी कार्यक्रम सम्पन्न

सञ्जय मिश्र
गौर,समान र न्यायिक समाजको लागि रौतहट जिल्लामा लैङ्गिक हिंसा सम्बन्धी धार्मिक गुरु र धार्मिक अगुवा वर्गहरुसंग लैङ्गिकतामा आधारित हिंसा तथा कानुनी प्रावधान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग , इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल रौतहटले गौरमा सोमवार आयोजना गरेको धार्मिक गुरु र धार्मिक अगुवा वर्गहरुसंग लैङ्गिकतामा आधारित हिंसा तथा कानुनी प्रावधान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा ग्रामिण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसैनले लैङ्गिक हिंसाले सामाजिक ,आर्थिक तथा सांस्कृति रुपले कमजोर हुदै गएकाले यसलाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष हुसैनले धार्मिक सदभाव कायम गर्नुपर्ने धारणा राख्दै घरेलु हिंसा न्युनिकरण गर्नमा धार्मिक गुरुहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक रुपा कुमारी उदासले लैङ्गिक हिंसा सम्बन्धी परियोजनाले गरेको क्रियाकलाप बारे विस्तृत रुपले प्रकाश पार्दै धार्मिक गुरुसंग कार्यक्रमको उद्येश्य प्रष्ट पार्नुभयो ।
ग्रामिण विकास केन्द्र नेपाल रौतहटका रामसिंहासन यादवले परियोजनाको कार्यक्षेत्र राजदेवी नपा तथा राजदेवी नपाको ९वडाका धर्मगुरुहरुसंग परियोजनाको कार्य ,गतिविधि तथा उपलब्धिबारे प्रकाश पार्नुभयो ।


सो कार्यक्रममा ३५जना धर्मगुरु तथा धार्मिक अगुवाहरु ,आयोजक संस्थाका पदाधिकारी कर्मचारी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here