रौतहटका दुबै नगर प्रमुखको पद पुनर्वाहाली

रौतहट । नगर प्रमुख कुश्वाहाले नगरपालिकाको नियमित कामकाज औपचारिक रुपमा सम्हाल्नु भएको हो ।
पदभार ग्रहण गरिदै नगर प्रमुख कुश्वाहाले जनता बाट निर्वाचित स्थानिय तहका नगर प्रमुख उपप्रमुख र वडा अध्यक्षको सम्बन्धमा पद रिक्त गर्ने अधिकार कुनै दल संग नभएको बताउनु भयो ।
जनताले आफुहरुको पाच बर्ष सम्म लागि म्याण्डेट दिएको अवस्थामा कुनै एउटा दलको प्रतिनिधी नभई जनताको साझा प्रतिनिधी भई काम गर्नु पर्ने वहाले आफनो धारणा राखनु भयो ।
जनताको मत बाट निर्वाचित जनप्रतिनिधीलाई आफनो ब्यक्तीगत स्वार्थको निहित पद मुक्त गर्न नमिलने कुश्वाहाको भनाई रहेको छ ।
सर्वोच्च अदालतको निर्णयलाई नगर प्रमुख कुश्वाहाले धन्याबाद समेत दिनु भयो ।
सर्वोच्च अदालतले गएको अषाढ ११ गतेका दिन माओबादी केन्द्र छोडी एमालेमा प्रबेश गरेको भन्दै रौतहटका दुई नगर प्रमुख सहित जिल्लाका पाच जना उपप्रमुखलाई कार्यबाही स्वरुप पद मुक्त गरेका थिए । तर सर्वोच्च अदालतले मंगलबार नै दुबै नगरपालिका मौलापुर र कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह र रिना कुमारी साहको पद पुनर्वाहाली गरि दिएको थियो ।


पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका दुबै नगर प्रमुखको पद पुनर्वाहाली भएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै नगर प्रमुख पदमा पुनर्वहाली गरिदिएको हो ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगर प्रमुख साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।
सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।
यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन । बुधबार मात्रै मौलापुर नगरप्रमुख रिना कुमारी साहले पदभार ग्रहण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here