कटहरिया नगरपालिकामा स्थानीय द्वारा तालाबन्दी २ दिन बिति सक्दा पनि तल्ला खोल्ने प्रकृया अगाडि बढेको छैन। उक्त तालाबन्दीका कारण सेवा ग्राहिलाई सास्ती ।


बिमलेश कुमार झा
रौतहट साउन २० गते।
वि.सं. २०७८ साउन १८ गते गत सोमबारका दिन रौतहट जिल्लाको कटहरिया नगरपालिकामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा पर्ने लक्षित वर्गहरुको नाम छनौट न गरी मेयर सियाराम कुशवाहाले आफ्नो समर्थक तथा पार्टीको मान्छेहरु सुखि सम्पन्न रहेको भएपनि निजहरूको नाम लेखी पैसा वितरण गर्न खोज्दा सम्बन्धित नपाको लाभग्राहीहरुले तालाबन्दी गरेको एक स्थानीयले बताएका छन्।सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को परिच्छेद २ को दफा ३ र ४ अन्तर्गत लक्षित वर्ग एवं लाभग्राहीका आधारहरु भित्र पर्नेलाई पहिलो किस्तामा ३० हजार र केही काम भई गराई सके पछि दोस्रो किस्तामा २० हजार गरी जम्मा ५० हजार रकम दिने प्रावधान रहेको छ।
तर उक्त नियम भित्र नपर्नेलाई पनि छनौट लिस्टमा नाम राखिएको वडा नं ३ मा प्रमाण फेला परेको छ।

नपाको वडा नं ३ बस्ने सुरेन्द्र राम र उक्त नपाकै नगर कार्यपालिका सदस्य राजेन्द्र पासवानको नाम रहेको छ। राम र पासवानको एक तल्ले पक्कि घर रहेको देखिएको हो।

यस सम्बन्धमा वडा नं ३ को वडा अध्यक्ष उमेश यादव सँग बुझदा मलाई यो कार्यक्रमको छनौट लिस्ट न दिइएको तथा सदस्य राजेन्द्र पासवनले आफ्नो मनपरि ढंगले नाम छनौट गरेको यादवले बताउनु भयो ।
यसरी नै छनौट गर्ने कार्यलाई निरन्तरता दिइएको कारण कटहरीया नपा वडा नं ३,४ र ७ का लाभग्राहीहरुले नपामा तालाबन्दी गरेको यादवले बताउनु भयो ।

उक्त विषमा नपाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष चंदन कुशवाहा सँग बुझ्दा यो सब कृयाकलाप उपमेयर नुरजहा खातुनको श्रीमान् नसरुदिन अंसारीको राजनीतिक षड्यन्त्र रहेको कुशवाहाले बताए । उक्त नपाको मेयर सियाराम कुशवाहा जब जब बाहिर जानु हुन्छ तब तब अंसारीले नया षड्यन्त्र रचने गरेको कुशवाहाको गुनासो रहेको छ।

यस विषयमा उपमेयर तथा निजको श्रीमान अंसारीसँग बुझ्न खोज्दा फोन सम्पर्क खोज्दा श्रीमान र श्रीमतीसंग सम्पर्क हुन सकेन ।
आज लगातार तेस्रो दिन सम्म ताला न खुल्दा सेवाग्रहीको काम काजहरु पूर्ण रुपमा अवरुद्ध भएको यस न.पाको एक कर्मचारीले बताएका छन्।

नपाको प्रशासकिय अधिकृत रामप्रकाश साहको कार्यकक्षमा जब सम्म तालाबन्दी रहन्छ तब सम्म कुनै कार्य कक्ष नखुल्ने र सबै काम काज ठप्प रहने निजले बताएका छन् ।

कटहरिया नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रकाश साहकै कारण कटहरिया नगरपालिका बदनाम भएको भन्दै उक्त नपाका वडा नं २ का वडाध्यक्ष हरेन्द्र साहले संकेत गरेका छन्।
रामप्रकाश साहले कुनै पनि बजेटको रकम समयमै खातामा नपठाउदा बजेटहरु फ्रिज भएको हुदा न.पाले विभिन्न विवाद खेप्नुपरेको अवस्था देखिएको हो।
यसरी गैर जिम्मेवार तरिकाबाट रामप्रकाश साहले कटहरिया नपालाई विवादको अखाडा र भ्रष्टाचारको भाडो बनाएको बुझन सकिन्छ । निमित प्रमुख प्रशासकिय अधिकृत साहकै कारण प्रधानमन्त्री रोजगार कार्यक्रमको लाखौ रकम फ्रिज भई सयौ गरिबहरु रोजगारीबाट बञ्चित भएका थिए ।

साथै कटहरिया न पा कै वडा नं. 7 बगहीको वडा अध्यक्ष हरिभजन साहले समेत आवास कार्यक्रममा लक्षित वर्गलाई नसमेटी वडाध्यक्षले आफनो नजिका व्यक्तिहरुलाई मात्र छनौट गरेको भनि स्थानियहरुले तालाबन्दी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here