वडाध्यक्ष संजय साहले समयमै कुनै सिफारिस गर्दैन्न। स्थानीय बासिन्दाहरुकोको गुनासो ।

बिमलेश कुमार झा
रौतहट भदौ ५ गते
फतुवा विजयपुर नगरपालिका नं १ घुसुकपुरका तत्कालिन नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका संजय साहले सम्बन्धित सेवाग्राही जनताहरुको आवश्यक कार्यहरु तथा कुनै पनि जरुरी सिफारिस समयमै नगरि आफुलाई फुर्सद भएको समयमा रातिमा नै गर्ने गरेको भनि स्थानियहरुले गुनासो गरेका छन्।

अध्यक्ष साह बिहान ६ बजे घरबाट बाहिर निस्कदा एकै चोटी राति 8 बजे आउने गरेको र सेवाग्राहीहरुको काम, वडा बासीको जरुरी सिफारिस पत्रहरु राती नै प्रमाणित गर्ने गरेकोले जनताको कामकाजहरु समयमा नभएको नेपाली काङ्ग्रेसका वडा प्रत्यासी विजय यादवले बताएका छन।

नेपाली काङ्ग्रेस पार्टीका कुनै पनि व्यक्तिहरु सिफारिसको लागि आउँदा जा आफ्नो मेयर सँग नै सिफारिस गरा भनि हप्काउने गरेको समेत बताए ।
कुनै सामग्री वितरण गर्दा आफ्नै पार्टी र कार्यकारतालाई मात्रै वितरण गरेको एक स्थानीयले बताए ।

यस विषय बारे वडा अध्यक्ष सँजय साह सँग बुझदा म बिहान ६ बजे देखि बिहान ९ बजे सम्म सेवाग्राही जनताको कामकाज आवश्यकता अनूसार जुन सुकै समयमा गरि रहेको र कसैको कामकाजमा हाल सम्म बाधा नपरेको र वडाको बिकास कार्य लगायत अन्य बिभिन्न कामले समय मिलाएर नपा र अन्य ठाउँहरुमा जाने गरेको साहले बताए ।
नपाको बिभिन्न कार्यहरु जस्तै अहिले बालपोषण भताको खाता खोल्ने जिम्मेवारी, सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्ने अन्य अन्य कार्यहरु गर्नु पर्ने हुन्छ साहले बताए ।

यस नपामा नेकपा माओवादी पार्टी को स्थानिय कार्यहरु पनि मैले नै गर्ने गरेको र आफ्नो पार्टीको तर्फबाट निर्वाचित जन प्रतिनिधिहरुको नेतृत्व समेत मैले गर्नु परेको तथा वडाको समग्र बिकास कार्यको लागि केही समय बाहिर जानु पर्ने बाध्यात्मक अवस्था रहेको समेत साहले बताए ।

फतुवा बिजयपुर नपामा शिक्षित जनप्रतिनिधिको खाचो रहेको साहले संकेत गरेका छन्।

चार वर्ष बितन लाग्दा पनि फतुवा विजयपुर नगरपालिकाले १ धुर पन्नि जग्गा खरिद गर्न नसकेकोले र यस नगरपालिकाका जनताहरुलाई कुनै पनि धार्मिक कार्यहरु गर्न पनि सास्ती रहेको अध्यक्ष साहले बताए ।
पानी टंकी निर्माण गर्नका निमित्तआफुले बिभिन्न कानूनी बाधा तथा अडचनका बावजुद पनि सामाजिक संस्था मार्फत वडाको १२ लाख बजेटले २२ धुर जग्गा खरिद गरिएको पनि अध्यक्ष साहले बताए ।
मेयर काङ्ग्रेस र जनप्रतिनिधिहरु माओवादी र अन्य पार्टी बाट निर्वाचित भएकोले हरेक सालको बजेटमा कटौती गरेर दिनेगरेको पनि साहले बताए ।
मेयर र बाकी जनप्रतिनिधिहरु फरक फरक पार्टी बाट बिजयी हुँदा बिभिन्न विवादका कारण विकास कार्यहरु अवरुद्ध भएको तर्फ पनि साहले संकेत गरेका छन्। आफू जनताको सेवाको लागि बिजयी भएको सो कार्यमा निरन्तर लागि रहेको भए पनि विपक्षीहरुले भ्रम फैलाई रहेको समेत वडाध्यक्ष साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here