शान्तिपूर्ण धर्नाको तीन दिन बितिसक्दा पनि प्र.अ.पंडितले पाएन पदीय जिम्मेवारी।

बिमलेश कुमार झा
रौतहट २३ भदौ

जिल्ला रौतहट देवाही गोनाही नगरपालिका अन्तर्गत पर्ने श्री जय किसान माध्यमिक विद्यालय धरहरी ९ मा प्र.अ. को पदीय जिम्मेवारी पाउनको निमित्त श्री जय किसान माध्यमिक विद्यालय धरहरीमा शान्तिपूर्ण धर्नामा बसेका प्र.अ. भुरेन्द्र पंडीत कुम्हारले प्र.अ.को पदीय जिम्मेवारी पाएका छैन्।

प्रधानाध्यापकको जिम्मेवारी पाउनु पर्ने ,
विद्यालय खाताको दस्तखत नमुना कार्ड परिवर्तन गर्नु पर्ने र
दोहरो सिफारिस रद्द गर्नु पर्ने जस्ता मागहरु राखी यहाँका स्थानीयहरु,अभिभावकहरु,वडा सदस्य, शिक्षकहरु सहित प्र. अ. पंडित शान्तिपूर्ण धर्नामा बसेका छन्।

धर्ना बसेको ३ दिन बितिसक्दा पनि नगर कार्यपालिका तथा सम्बन्धित निकायहरूमा कुनै प्रभाव नपरेको प्र.अ. पंडीतले बताएका छन्।

कटहरीया न.पा. वडा नं ७ बगही अन्तर्गत सञ्चालित श्री माध्यमिक विद्यालय बगही ७ रौतहटमा (मा.शि. तृतीय श्रेणी) मा प्रधानाध्यापक पदमा कार्यरत शिक्षक श्री भुरेन्द्र पंडीत कुम्हारलाई कटहरीया नपाको मिति २०७७ माघ ७ को च.नं. ६१६ को सहमति पत्र अनुसार देवाही गोनाही नपा ९ धरहरी अन्तर्गत सञ्चालित श्री जय किसान माध्यमिक विद्यालय धरहरी रौतहटमा प्रधानध्यापक (मा.शि. तृतीय श्रेणी) समान पदमा सरुवा भइ आउनको लागि देवाही गोनाही न.पाले सहमति पत्र दिइएको थियो ।

साथै धरहरीमा कार्यरत प्र.अ. श्री उमेश यादवलाई अन्यत्र सरुवा गरि दिन समेत देवाही गोनाही न.पा.को मिती 2077/01/16 गतेको पत्रमा उल्लेख गरिएको छ ।
देवाही गोनाही न.पा को सोही पत्र अनुसार धरहरी मा.विमा कार्यरत प्र.अ. श्री उमेश यादवको समान पदमा मा.वि. बगहीमा सरुवा भएको थियो तर प्र.अ. यादवले विभिन्न राजनीतिक चलखेल गरि नपा द्वारा सरुवा रद्द सम्बन्धि पत्र जारी गर्न लगाए पनि सम्मानित उच्च अदालत बिगंजले प्र. अ.पंडीतकै पक्षमा फैसला गरेको थियो र सोही फैसलाको आधारमा शिक्षा विकास तथा समन्वय इकाई रौतहटले मिति २०७८ असाढ २२ मा सरुवा भइ आएको श्री भुरेन्द्र पंडीत कुम्हारलाई श्री जय किसान मा.विमा सरुवा यथावत रहने सम्बन्धमा पत्र पठाएको बुझिएको छ।

तर यस विषयमा वगही माविमा सरुवा भएको प्र.अ. उमेश यादव सँग बुझदा म उहाँलाई एउटा शिक्षकको रुपमा मात्र मान्छु भन्ने धारणा राखेका छन ।
विगत दुई वर्ष देखि कोभिडका कारण विद्यालय बंद रहेको र सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ज्यादै नै ह्रास आएको देखिन्छ ।

देशमा कोभिड संक्रमिण दर केही घटेको कारण नेपाल सरकारले देशका विभिन्न जिल्लामा सुरक्षा मापदण्ड अपनाइ भौतिक उपस्थितिमा विद्यालय संचालनको लागि निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गत १६ गते देखि सुरक्षा मापदण्ड अपनाइ विद्यालय संचाल गर्नको लागि निर्देशन दिए पनि जय किसान मा.विमा प्र.अ. को पदस्थापन तथा सरुवा सम्बन्धमा भई रहेको किचलो र विद्यालयलाई केही व्यक्तिहरु द्धारा आफ्नो व्यक्तिगत स्वार्थका लागि राजनीतिक अड्डा बनाएको देखिन्छ ।

विद्याको मन्दिर जस्तो पबित्र स्थानमा बिद्यार्थीहरूको भविष्यको रेखा कोर्नुको साटो केही मौकापरस्त तथा शिक्षा पेसालाई अप्रत्यक्षरुपमा राजनिती गर्ने औजारको रुपमा प्रयोग गर्ने प्रवृतिको कारण व्यक्ति बिशेषलाई तत्काल फायदा भए पनि विद्यार्थीहरुको भविष्य निर्माणमा दिर्घकाल सम्म नकारात्मक प्रभाव पर्ने र यस्तो कदमहरु भविष्यका कर्णधारहरुको हितमा एक प्रतिशत पनि नरहेको कूरा आफैमा स्पष्ट छ ।

साक्षरताको दृष्टीकोणले नेपालकै अन्तिम स्थानमा रहेको रौतहट जिल्लामा सामूदायिक विद्यलयहरुको अवस्था अत्यन्त दयनिय रहेको छ, शिक्षा क्षेत्रमा सुधारको जिम्मा लिएका व्यक्तिहरु नै व्यवसायिक पेसा प्रति गम्भिर नभई पर्दा पछाडीबाट राजनितिमा सकृय रहनु पिडादायी बिषय हो अब त तल झर्ने ठाऊ पनि छैन तर यहा सामुदायिक विद्यिलयको अवस्था बारे जिम्मा लिने निकाय नै मौन छ कसलाई भन्ने ?

रौतहट जिल्लामा विद्यालय व्यवस्थापन समिति चयनको लागि पनि चरम राजनीतिक भइ चयन हुने गरेको सबैको सामु छर्लङ्गै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here